४ जेठ, २०८१ शुक्रबार

10:57:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यसरी हुन्छ नक्कली विजक बनाएर करोडौँको कर छली, नौ विरुद्ध मुद्दा

Nepal Business

१५ पुस, २०७८

यसरी हुन्छ नक्कली विजक बनाएर करोडौँको कर छली, नौ विरुद्ध मुद्दा

काठमाडौँ,  १६ पुस । केही व्यवसायी काम नै नगरी नक्कली गतिविधि गरेर पैसा कमाउने खेलमा लागेको फेला परेको । उनीहरु नक्कली कागजात तयार पारी नक्कली व्यवसाय गरेको विवरण बनाउँदै राजस्व छल्न उद्दत देखिएको पाइएको छ ।

विभिन्न प्रालिका सञ्चालकको मिलेमतोमा झण्डै रु २८ करोड ४० लाख विगो बराबरको राजस्व छली भएको फेला परेको हो । दुई वटा कम्पनीले करको वीजक नै नक्कली बनाएर नक्कली कारोबार देखाइ राजस्व छली गरेका हुन् भने एउटा कम्पनीले भने सुन खरिदमा विदेशी विनिमय अपचलन गरेको हो । उनीहरुले आर्थिक अपराध गरेको दावीसहित अदालतमा मुद्दा दर्ता भएको छ ।

नक्कली काम गरेर राजस्व कसरी ठगी हुन्छ भन्ने एउटा तथ्य राजस्व अनुसन्धान विभागले फेला पारेको हो ।  विभागको लामो र सुक्ष्म अनुसन्धानले हालै मात्र यस्तै घटनाको पर्दाफास गरेको छ । 
विभागबाट प्राप्त सूचना अनुसार यसरी विभिन्न प्रालिका सञ्चालकको मिलेमतोमा झण्डै रु २८ करोड ४० लाख विगो बराबरको राजस्व छली भएको फेला परेको हो । दुई वटा कम्पनीले करको वीजक नै नक्कली बनाएर नक्कली कारोबार देखाइ राजस्व छली गरेका हुन् भने एउटा कम्पनीले भने सुन खरिदमा विदेशी विनिमय अपचलन गरेको हो । उनीहरुले आर्थिक अपराध गरेको दावीसहित अदालतमा मुद्दा दर्ता भएको छ ।

यसरी आर्थिक अपराधमा मुछिनेमा युनिक लुद्दिन इन्टरनेशनल प्रालिका सञ्चालकसहित ४ जना, न्यू माया ट्रेड कन्सर्नका सञ्चालक भुवन मुखिया विन र मैतीदेवीमा रहेको बुद्ध ज्वेलरी वर्कशप प्रालिका सञ्चालकसहित चार जना छन् । उनीमाथि लागेको आरोपपत्रमा साँढे २८ करोड बराबरको राजस्व छली गरेकाले विगो असुल गरी सोही अनुसारको जरिवाना र कैद सजायको माग दावी गरिएको । सुन सम्बन्धी मुद्दा जिल्ला अदालत काठमाडौँमा र अन्य मुद्दा उच्च आलत पाटनमा दर्ता भएको छ ।

यी हुन् नक्कली विजक बनाएर करोडौँको राजस्व छली गर्नेहरु

घटना नं १ :- 
युनिक लुद्दिन इन्टरनेशनल प्रालिले मिलेमतोमा वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मुल्य अभिवुद्धि कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावट गरेको जनाइएको छ । 

यसरी राजस्व छली गर्नेमा बाराको जीतपुर बस्ने युनिक लुद्दिन इन्टरनेशनल प्रालिका सञ्चालक जमालद्दिन अन्सारी, सिराहाको राजपुर–५ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका १ इमाडोल बस्ने जय किशोर साह, सोही जिल्ला रामपुर–९ पिपरा बस्ने सुर्यजित प्रसाद साह, सर्लाही घर भई हाल कागेश्वरी नगरपालिका– १३ काँडाघारी बस्ने तोयनाथ अधिकारी रहेका छन् ।

विभागले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधन सहित) को दफा ३ ले निषेधित गरेको सोही ऐनको दफा ४ को उपदफा (क), (ख) र (झ) बमोजिम कसूर गरेको दावी छ । सोही ऐनको दफा २(छ१)(ङ) बमोजिमको मूल्य अभिवृद्धि करको रु ५ करोड ३५ लाख १२ हजार, आयकर रकम रु ९ करोड ३४ लाख २७ हजार तथा लाभांश कर रकम रु १ करोड ३५ लाख ६ हजारसमेत गरी रु १६ करोड ४ लाख ४६ हजार विगो बराबरको राजस्व छलेको दावी छ ।  विभागले विगो असूल उपर गरी विगोको शतप्रतिशत जरिवाना तथा सोही ऐनको दफा २३ को उपदफा (१)(घ) बमोजिम कैद सजायको माग गरेको छ । 
घटना नं २ :-
न्यू माया ट्रेड कन्सर्नका सञ्चालक भुवन मुखिया विनले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मुल्य अभिवृद्धि करको विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावट गरेको छ ।  सोही ऐन बमोजिम मूल्य अभिवृद्धि कर रकम रु १३ लाख ३७ हजार, आयकर रकम रु १७ लाख ६९ हजारसमेत गरी कूल राजस्व रकम रु ३१ लाख ४२ हजार विगो कायम गरी मुद्दा चलाइएको छ । 

सुन खरिदमा यसरी गरियो विदेशि विनिमय अपचलन
घटना नं ३ :-
कठमाडौँमा सुन व्यापार गर्नै व्यक्तिहरुको मिलेमतोमा विदेी विनिमय अपचलन गरेको पाइएको छ । झापाको दमक नगरपालिका स्थायी घर भइ हाल काठमाडौँको मैतीदेवी बस्ने  बुद्ध ज्वेलरी वर्कशप प्रालिका सञ्चालक बुद्ध विश्वकर्मा (शंकर), सोही जिल्ला घर भइका उक्त प्रालिका अर्का सञ्चालक मेघराज विश्वकर्मा, अमिर लगुन विश्वकर्मा, मोरङका बुद्धिमान खाती विरुद्ध पनि मुद्दा परेको छ । 
उनीहरुले सुन ओसार पसार गरेको तर त्यसको आवश्यक कागजी प्रक्रिया नपुगी राष्ट्र वैंँकको कार्यविधि समेत नमानेको पाइएका ेछ । 

सुन पैठारी गर्दा राष्ट्र बंैकको निर्देशन कार्यविधिका साथै प्रचलित विदेशी बिनिमय ( नियमित गर्ने) ऐन २०१९ (संसोधन सहित) अनुसार प्रक्रिया पुर्याउनु पर्नेमा सोको विपरितको कार्य गरेको अनुस्न्धानमा खुलेको छ ।  उनीहरुले सुन तथा सुनका गहना अबैध रुपमा नेपाल भित्र ल्याउन रु १२ करोड ५ लाख ८५ हजार  बराबरको विदेशी बिनिमय अबैध रुपमा विदेश पठाई अबैध सुन, अबैध तरिकाबाट चोरी निकासी गरेको खुलेको छ । 
विदेश बिनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा ८(२) बमोजिमको प्रकृया पुरा नगरी अबैध तरिकाले बिदेशमा भुक्तानी गरी आर्थिक अपराध गरेको दावी विभागको छ ।