१६ बैशाख, २०८१ आइतबार

09:49:33 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एक नगरपालिका सहित एमाले १५, काँग्रेस १० र माओवादी ८ स्थानमा विजयी

Nepal Business

१ जेठ, २०७९

हामी निरन्तर पछिल्लो मत परिणाम सार्वजनि गर्दै जानेछौं ।

एक नगरपालिका सहित एमाले १५, काँग्रेस १० र माओवादी ८ स्थानमा विजयी

काठमाण्डौ । स्थानीय तह निर्वाचनको मत गणनाको अन्तिम परिणाम आएका मध्ये १ नगरपालिका सहित १५ वटामा नेकपा एमाले विजयी भएको छ ।

यसैगरी १० वटामा नेपाली काँग्रेस र ८ वटामा माओवादीले जित हासिल गरेका छन् ।

एकीकृत समाजवादीले २ वटामा जित हासिल गरेको छ ।  हामी निरन्तर पछिल्लो मत परिणाम सार्वजनि गर्दै जानेछौं । 

नेकपा एमाले विजयी भएका पालिकाहरु
१) मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा नेकपा एमालेका कान्छा घले विजयी
२) मनाङको चामे गाउँपालिकामा नेकपा एमालेका लोकेन्द्रबहादुर घले विजयी
३) मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिकामा नेकपा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी
४) मुस्ताङको वाह्रागुङ मुक्तिक्षेत्र गाउँपालिकामा नेकपा एमालेका रिङजिन नामगेल गुरुङ विजयी
५) मुस्ताङको लोमान्थाङ गाउँपालिकामा नेकपा एमालेका टसी न्वर्वु गुरुङ विजयी
६) डोल्पाको से फोक्सुण्डो गाउँपालिकामा नेकपा एमालेका धावा सम्डुङ गुरुङ विजयी
७) खुम्बु पासाङल्हामु गाउँपालिकामा एमालेका मिङ्मि छिरिङ शेर्पा २०२८ मतका साथ विजयी
८) बझाङको साइपाल गाउँपालिकामा एमालेका मानबहादुर बोहराले ६७५ मत ल्याएर अध्यक्षमा विजयी
९) एमालेका अध्यक्ष उम्मेदवार प्रकाश ओझा ३ हजार ९७६ मतसहित विजयी
१०) बझाङको थलरा गाउँपालिकामा प्रकाश रोकाया २ हजार ७७४ मत सहित गाउँपालिका अध्यक्षमा विजयी
११) तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको अध्यक्षमा एमालेका यादव खापुङ्ग विजयी
१२) थासाङ गाउँपालिका मुस्ताङ
१३) मालिका गाउँपालिका म्याग्दी
१४) स्याङ्जा हरिनास गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार खिमनारायण मानन्धर ४७६९ मतका साथ विजयी
१५) दार्चुलाको महाकाली नगरपालिकाको मेयरमा नेकपा एमालेका नरसिंह चैसिर निर्वाचित

नेपाली कांग्रेस विजयी भएका पालिकाहरु
१) मनाङको नार्पा भूमी गाँउपालिकामा नेपाली कांग्रेस कोन्जो तेन्जीङ लामा विजयी
२) मनाङको नासोँ गाउँपालिकामा नेपाली कांग्रेसका धनबहादुर गुरुङ विजयी
३) मुस्ताङको घरपोझङ गाउँपालिकामा नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी
४) गन्यापधुरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसले जित हासिल गरेको छ ः डडेल्धुरा
५) रेसुङ्गा नगरपालिका प्रमुख, खिलध्वज पन्थी
६) गुल्मी दरवार गाउँपालिका अध्यक्ष, सरोजकुमार थापा
७) हुम्लाको खार्पुनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्ण बहादुर रावल निर्वाचित
८) डोटीको बडिकेदार गाउँपालिमा नेपाली कांग्रेस उम्मेदवार भैरवबहादुर साउद २३४३ मत ल्याएर विजयी
९) बाग्लुङको तमानखोला गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका जोकलाल बुढा बिजयी
१०) सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसकी मिना कार्की विजयी

नेकपा माओवादी केन्द्र
१) डोल्पाको जगदुल्ला गाउँपालिकामा नेकपा माओवादी केन्द्रका नारसिङ रोकाय विजयी
२) अपि हिमाल गाउँपालिका भगतसिंह ठेकरे बोहोरा विजयी
३) नेकपा माओवादी केन्द्रले दैलेखको नौमुले गाउँपालिका अध्यक्ष जितेको छ, छवि सुवेदी
४) बागलुङको ताराखोला गाउँपालिकामा गठबन्धनबाट माओवादीका धनबहादुर विक विजयी
५) उदयपुरको लिम्चुङवुङ गाउँपालिका अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका मेजर राई निर्वाचित
६) रोल्पाको थवाङ गाउँपालिकामा विजयी
७) दार्चुलाको नौगाड गाउँपालिकामा माओवादीका दलजित धामी ३ हजार ५९८ मत प्राप्त गरी विजयी
८) जन्तेढुंगा गाउँपालिका, खोटाङ

नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका
१) डोल्पाको छार्का साङतोङ गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका सेनाङ गुरुङ विजयी
२) डोल्पाकोे काइके गाउँपालिकामा नेकपा एकीकृत सजमावादीका अंगदकुमार राना विजयी