६ जेठ, २०८१ आइतबार

07:54:12 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विदेशी मुद्राको विनिमयदर कमजोर बन्दै

१५ पुस, २०७८

विदेशी मुद्राको विनिमयदर कमजोर बन्दै

काठमाडौँ, १५ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार सार्वजनिक विवरण अनुसार अमेरिकी डलरको मूल्यमा स्थिर आएको छ । आज (विहीबार) एक अमेरिकी डलर बराबर ११९ रुपैयाँ २८ पैसा खरिदर रहेको छ भने बिक्रीदर ११९ रुपैयाँ ८८ पैसा रहेको छ । बुधबार एक डलरको खरिददर ११९ रुपैया १५ पैसा तथा विक्रीदर ११९ रुपैया ७५ पैसा रहेको थियो । 

युरोपेली मुद्रा यूरो एकको खरिददर १३४ रुपैयाँ ५५ पैसा र विक्रीदर १३५ रुपैया २३ पैसा रहेको छ । अस्टे्रलियन डलर एकको खरिददर ८६ रुपैयाँ १० पैसा र विक्री दर ८६ रुपैया ५३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैया ७६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र« बैंकले जनाएको छ । साउदी रियाल एककोे खरिददर ३१ रुपैयाँ ७७ पैसा र विक्रीदर ३१ रुपैया ९३ पैसा रहेको छ । जापानी ऐन १० को खरिददर १० रुपैया ३७ पैसा र विक्रीदर १० रुपैयाँ ४३ पैसा  रहेको छ । 

सबैभन्दा महंगो मुद्रा कुवेती दिनारको एक हप्ता पहिला एकको खरिददर ४ सय  रुपैया ५८ पैसा पुगेको छ । विक्रीदर ४ सय २ रुपैया ५६ पैसा रहेको थियो  बुधबार कुवेती दिनार एकको खरिददर ३९३ रुपैयाँँ ९८ पैसा रहेको छ । विक्रीदर ३९५ रुपैयाँ ९६ रुपैयाँ रहेको छ । बहराइन दिनार पनि एकको खरिददर ३१६ रुपैयाँ ४२ पैसा र विक्रीदर ३१८ रुपैया १ पैसा रहेको थियो ।