६ जेठ, २०८१ आइतबार

09:37:21 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सहकारी ठगीमा इच्छाराज र केशव थुनिए, ९ जनासँग धरौटी मागियो

१५ पुस, २०७८

सहकारी ठगीमा इच्छाराज र केशव थुनिए, ९ जनासँग धरौटी मागियो

काठमाडौँ, १५ पुस । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड सोल्टीमोड, काठमाडौँको ठगी काण्डमा मुछिएका पुर्व सांसद तथा उक्त सहकारीका संस्थापक इच्छाराज तामाङ कारागार चलान भएका छन् ।

उनीहरु विरुद्ध ठगी तथा सङ्गठित अपराध मुद्दा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले असोज १७ गते मुद्दा दर्ता गरेको थियो ।
उक्त मुद्दामा १२ जना प्रतिवादी थिए । काठमाडौँ जिल्ला अदालतले दुई जनालाई थुछेक आदेश दिँदै कारागार पठाएको छ भने अन्य ९ जनालाई धरौटीमा छाडेको छ । एक जनालाई भने शुद्ध तारिखमा छाडिएको प्रहरीले जनाएको छ।  

सहकारीका हालका अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि  उनीसँगै पूर्वक्षका लागि अदालतले थुनामा पठाएको हो । सहकारीमा भएको सर्वसाधारणको बचत रकम ठगी गरेको आरोपमा उनीहरु विरुद्ध मुद्दा चलिरहेको थियो । उनीहरु विरुद्ध ठगी तथा सङ्गठित अपराध मुद्दा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले असोज १७ गते मुद्दा दर्ता गरेको थियो ।
उक्त मुद्दामा १२ जना प्रतिवादी थिए । काठमाडौँ जिल्ला अदालतले दुई जनालाई थुछेक आदेश दिँदै कारागार पठाएको छ भने अन्य ९ जनालाई धरौटीमा छाडेको छ । एक जनालाई भने शुद्ध तारिखमा छाडिएको प्रहरीले जनाएको छ।  
कोको छन् धरौटीमा छुट्ने ?
अन्य आरोपी हरिहरप्रसाद लामिछानेलाई रु ५० लाख, विजय विक्रम शाहलाई रु १५ र भगवानबहादुर सिंह डंगोललाई रु १० हजार धरौटी माग गरिएको छ । 
यस्तै एलिना तुलाधर, मायोनानी महर्जन, बुद्धराज तामाङ र कौस्तुभ केतन ढुंगानालाई रु पाँच÷पाँच लाख धरौटी माग गरिएको छ । 
शंकरप्रसाद पाठकलाई रु दुई लाख ५० हजार, राकेश महर्जनलाई ५० हजार धरौटी माग गरिएको छ भने संगिता श्रेष्ठलाई साधारण तारिखमा छाडिएको सिआइवीले जनाएको छ । उनीहरु विरुद्ध ४०० भन्दा बढी मानिसको उजुरी छ ।