१३ मंसिर, २०८१ बिहिबार
07:41:38 PM
१ जेठ, २०७९
लगानी स्वीकृत भएका उद्योगहरुमा ठूला उद्योग ७१ वटा मझौला उद्योग ८६ वटा र साना उद्योगहरु ९० वटा रहेका
काठमाण्डौं । चालु आर्थिक वर्षको १० महिनामा स्वदेशी लगानीका लागि २४७ स्वदेशी उद्योग दर्ता भएका छन् ।
उद्योग विभागको तथ्याङक अनुसार २४७ स्वदेशी उद्योगका लागि २ खर्ब ९७ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको हो ।
यस अवधिमा विभिन्न क्षेत्रका साना, मझौला र ठूला गरी उद्योग दर्ताका लागि उक्त बराबरको रकम स्वीकृत भएको विभागले जनाएको छ ।
विभागका अनुसार लगानी स्वीकृत भएका उद्योगहरुमा ठूला उद्योग ७१ वटा मझौला उद्योग ८६ वटा र साना उद्योगहरु ९० वटा रहेका छन् ।
यस अवधिमा लगानी स्वीकृत भएका उक्त उद्योगहरुमा २३ हजार २७९ जनालाई रोजगारीको प्रस्ताव गरिएको छ ।