७ मंसिर, २०८१ शुक्रबार
01:43:25 PM
१ जेठ, २०७९
छापावाला सुनको मूल्य तोलामा एक हजार तीन सय रुपैयाँले घटेर ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको
काठमाण्डौं । सुनको मूल्य जेठ महिनाको पहिलो दिन आइतबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ।
छापावाला सुनको मूल्य तोलामा एक हजार तीन सय रुपैयाँले घटेर ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । गत साताको बिहीबार छापावाला सुनको मूल्य ९७ हजार आठ सय रुपैयाँ थियो ।
तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार तीन सय रुपैयाँले घटेर ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत साता बिहीबार तेजाब्ी सुनको मूल्य तोलाको ९७ हजार तीन सय रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।