८ बैशाख, २०८१ शनिबार

10:59:19 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एमाले ८ र काँग्रेस ७ पालिकामा विजयी (कुन पार्टीले कहाँ जिते सूचिसहित)

Nepal Business

१ जेठ, २०७९

स्थानीय तह निर्वाचनको मत गणनाको अन्तिम परिणाम आएका २० मध्ये ८ वटा पालिकामा एमालेले जित हासिल गरेको छ । हामी निरन्तर पछिल्लो मत परिणाम सार्वजनि गर्दै जानेछौं ।

एमाले ८ र काँग्रेस ७ पालिकामा विजयी (कुन पार्टीले कहाँ जिते सूचिसहित)

काठमाण्डौ । स्थानीय तह निर्वाचनको मत गणनाको अन्तिम परिणाम आएका २० मध्ये ८ वटा पालिकामा एमालेले जित हासिल गरेको छ ।

यसैगरी काँग्रेसले ७ वटा पालिकामा जित हासिल गरेको छ भने माओवादीले ३ वटा र एकीकृत समाजवादीले २ वटामा जित हासिल गरेको छ । 

हामी निरन्तर पछिल्लो मत परिणाम सार्वजनि गर्दै जानेछौं । 

नेकपा एमाले विजयी भएका पालिकाहरु
१) मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा नेकपा एमालेका कान्छा घले विजयी
२) मनाङको चामे गाउँपालिकामा नेकपा एमालेका लोकेन्द्रबहादुर घले विजयी
३) मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिकामा नेकपा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी
४) मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा नेकपा एमालेका रिङजिन नामगेल गुरुङ विजयी
५) मुस्ताङको लोमान्थाङ गाउँपालिकामा नेकपा एमालेका टसी न्वर्वु गुरुङ विजयी 
६) डोल्पाको से फोक्सुण्डो गाउँपालिकामा नेकपा एमालेका धावा सम्डुङ गुरुङ विजयी
७) खुम्बु पासाङल्हामु गाउँपालिकामा एमालेका मिङ्मि छिरिङ शेर्पा २०२८ मतका साथ विजयी
८) बझाङको साइपाल गाउँपालिकामा एमालेका मानबहादुर बोहराले ६७५ मत ल्याएर अध्यक्षमा विजयी

नेपाली कांग्रेस विजयी भएका पालिकाहरु
१) मनाङको नार्पा भूमी गाँउपालिकामा नेपाली कांग्रेस कोन्जो तेन्जीङ लामा विजयी
२) मनाङको नासोँ गाउँपालिकामा नेपाली कांग्रेसका धनबहादुर गुरुङ विजयी
३) मुस्ताङको घरपोझङ गाउँपालिकामा  नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी
४) गन्यापधुरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसले जित हासिल गरेको छ ः डडेल्धुरा 
५) रेसुङ्गा नगरपालिका प्रमुख, खिलध्वज पन्थी 
६) गुल्मी दरवार गाउँपालिका अध्यक्ष, सरोजकुमार थापा 
७) हुम्लाको खार्पुनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्ण बहादुर रावल निर्वाचित

नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका
१) डोल्पाको छार्का साङतोङ गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका सेनाङ गुरुङ विजयी
२) डोल्पाकोे काइके गाउँपालिकामा नेकपा एकीकृत सजमावादीका अंगदकुमार राना विजयी

नेकपा माओवादी केन्द्र
१) डोल्पाको जगदुल्ला गाउँपालिकामा नेकपा माओवादी केन्द्रका नारसिङ रोकाय विजयी
२) अपि हिमाल गाउँपालिका भगतसिंह ठेकरे बोहोरा विजयी
३) नेकपा माओवादी केन्द्रले दैलेखको नौमुले गाउँपालिका अध्यक्ष जितेको छ, छवि सुवेदी