८ मंसिर, २०८१ शनिबार

04:57:53 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नतिजा आएका १२ मध्ये ६ वटा पालिकामा एमालेको जित (सूचिसहित)

Nepal Business

३१ बैशाख, २०७९

नतिजा आएका १२ मध्ये ६ वटा पालिकामा एमालेको जित  (सूचिसहित)

काठमाण्डौ । स्थानीय तह निर्वाचनको मत गणनाको अन्तिम परिणाम आएका १२ मध्ये ६ वटा पालिकामा एमालेले जित हासिल गरेको छ ।

त्यसैगरी उपमेयरमा पनि एमालेको अग्रता कायमै रहेको छ । ५ वटा पालिकामा एमालेका उममेयर विजयी भएका छन् । हामी निरन्तर पछिल्लो मत परिणाम सार्वजनि गर्दै जानेछौं । 

नेकपा एमाले विजयी भएका पालिकाहरु
१) मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा नेकपा एमालेका कान्छा घले विजयी
२) मनाङको चामे गाउँपालिकामा नेकपा एमालेका लोकेन्द्रबहादुर घले विजयी
३) मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिकामा नेकपा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी
४) मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा नेकपा एमालेका रिङजिन नामगेल गुरुङ विजयी
५) मुस्ताङको लोमान्थाङ गाउँपालिकामा नेकपा एमालेका टसी न्वर्वु गुरुङ विजयी 
६) डोल्पाको से फोक्सुण्डो गाउँपालिकामा नेकपा एमालेका धावा सम्डुङ गुरुङ विजयी

नेपाली कांग्रेस विजयी भएका पालिकाहरु
१) मनाङको नार्पा भूमी गाँउपालिकामा नेपाली कांग्रेस कोन्जो तेन्जीङ लामा विजयी
२) मनाङको नासोँ गाउँपालिकामा नेपाली कांग्रेसका धनबहादुर गुरुङ विजयी
३) मुस्ताङको घरपोझङ गाउँपालिकामा  नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी

नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका
१) डोल्पाको छार्का साङतोङ गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका सेनाङ गुरुङ विजयी
२) डोल्पाकोे काइके गाउँपालिकामा नेकपा एकीकृत सजमावादीका अंगदकुमार राना विजयी

नेकपा माओवादी केन्द्र
१) डोल्पाको जगदुल्ला गाउँपालिकामा नेकपा माओवादी केन्द्रका नारसिङ रोकाय विजयी