८ मंसिर, २०८१ शनिबार

10:01:11 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जेठ लागेसँगै तरलता बढ्ने

Nepal Business

३१ बैशाख, २०७९

इलेक्सन पछाडि सरकारको खर्च पनि आम्दानीको रुपमा मान्छेमा पुग्नेभयो ।

जेठ लागेसँगै तरलता बढ्ने

काठमाण्डौं । आवधिक चुनावका कारण बैंक तथा वित्तीयसंस्थामा कारोबार हुन नसकेको रकम चुनाव सकिएसँगै बैंक तथा वित्तीय क्षेत्रमा फर्किने देखिएको छ ।

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता एवं सूचना अधिकारी नारायण प्रसाद पोखरेल विगतदेखिकै ट्रेण्ड हेर्दा निर्वाचन पछाडि प्रयाप्त मात्रामा तरलता बैंकिङ सिस्टममा देखिने बताउनुहुन्छ । 

जुन कुरालाई निर्वाचनका हिस्ट्रिले पनि देखिन्छ । हामीले दुई, चार वटा इलेक्सन पनि देख्यौं । त्यो बेला पनि त्यहि नै भएको थियो । चुनाव पछाडि बजारमा प्रयाप्त तरलता थियो ।

उहाँ भन्नुहुन्छ, इलेक्सनभन्दा अगाडिको स्थिति हेर्दा तरलता अलि टाइट नै हुन्छ । किनभने एकातिर नेपाल सरकारको पनि खर्च हुन्छ । त्यता तिर पनि नेपाल सरकारले जोहो गर्ने भयो ।

जो इलेक्सनमा भिड्दै हुन्छन् । प्रयाप्त मात्रामा पैसा खर्च गर्ने गर्दछन् । खर्च गर्दा जोहो गर्ने भनेको सिस्टममा तानिने भयो । 

इलेक्सन पछाडि सरकारको खर्च पनि आम्दानीको रुपमा मान्छेमा पुग्नेभयो । उम्मेद्वारहरुले व्यक्तिगत र पार्टीको खर्च गरेको पैसा सिस्टममा छिर्ने भयो ।

त्यसले इलेक्सन अगाडि तरलता अलि टाइट हुने इतिहासले देखाउँछ । इलेक्सन पछाडि तरलता प्रयाप्त हुने हुन्छ । जसले केहि हदसम्म मुद्रास्फितिलाई टेवा पुर्याउने देखाउँछ ।