७ मंसिर, २०८१ शुक्रबार
02:14:46 AM
३१ बैशाख, २०७९
डिलभूमि माध्यमिक विद्यालयको मतदान केन्द्रमा खटिएका ४० वर्षीय हृदयराम ढकालको मृत्यु भएको हो
सुर्खेत । स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकामा खटिएका सहायक मतदान अधिकृतको दुर्घटनामा परेर मृत्यु भएको छ ।
वीरेन्द्रनगर(३ मा रहेको हरि डिलभूमि माध्यमिक विद्यालयको मतदान केन्द्रमा खटिएका ४० वर्षीय हृदयराम ढकालको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीका अनुसार उनको शुक्रबार राति वीरेन्द्रनगरमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।