८ मंसिर, २०८१ शनिबार
04:55:02 AM
३१ बैशाख, २०७९
काठमाण्डौको शंखरापुर,गोकर्णेश्वर र बुढानिलकण्ठमा एमालेका मेयर उपमेयरका उम्मेदवार अगाडि रहेका छन् ।
गोकर्णेश्वरमा एमालेका उम्मेदवार उद्धब विष्टले ५ सय ५० मतसहित अग्रता लिँदा कांग्रेसका विनोद रिजालले ५०० मत पाउनुभएको छ ।
त्यस्तै उपमेयरमा एमालेकी सान्नानी लामाले ५६२ मतका साथ अग्रता लिँदा कांग्रेसकी उम्मेदवारले ४५१ मत पाउनुभएको छ । त्यस्तै शंखरापुरमा एमालेका मेयर उम्मेदवारले १३५ मतले अग्रता लिँदा गठबन्धनका उम्मेदवारले ९० मत पाउनुभएको छ ।
त्यस्तै बुढानिलकण्ठ नगरपालिकामा पनि एमालेको मेयर उम्मेदवार मिठाराम अधिकारीले ७७८ मत सहित अग्रता लिनुभएको छ भने कांग्रेसका विनोद चालिसेले ४२८ मत पाउनुभएको छ ।
उपमेयरमा एमालेकी अनिता लामा ८१२ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने कांग्रेसकी रमा वाग्लेको ४५३ मत छ । यसैगरी अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा ५ सय मत गणना हुँदा एमालेले अग्रता लिएको छ ।
५ सय गणना हुँदा नगरप्रमुख पदमा एमाले २६१ नगरप्रमुख पदमा कांग्रेस २२८, नगर उपप्रमुख पदमा सूर्य २४९ नगर उपप्रमुख पदमा हसिया हतौडा २२७ रहेको छ ।
त्यसैगरी पाणिनि गाउँपालिका नेपाली कांग्रेसले अग्रता लिएको छ ।
प्यूठान नगरपालिकामा गठवन्धनबाट मेयर पदका उमेदवार नेकपा माओवादी केन्द्रका विष्णु बहादुर योगीले ५ सय २६ मत सहित अग्रता लिनुभएकोछ । एमालेका विजयविराज विष्टले ३ सय ४८ मत पाएका छन् । यो वडा नम्वर १ को मतपरिणाम हो । मतगणना जारी छ ।