८ मंसिर, २०८१ शनिबार
05:13:25 AM
३१ बैशाख, २०७९
विभिन्न पालिकाको प्रारम्भिक नजिता आईरहेका छन् । यसबारे हामी निरन्तर जानकारी दिँदै जानेछौं ।
काठमाण्डौ । मतगणताको प्रारम्भिक नजिता आउनेक्रम सुरु भएको छ । सुरुवाती परिणाम अनुसार नेकपा एमालेले २ पालिकामा विजयी हासिल गरेको छ भने काँग्रेसले १ स्थानमा विजयी हासिल गरेको छ ।
विभिन्न पालिकाको प्रारम्भिक नजिता आईरहेका छन् । यसबारे हामी निरन्तर जानकारी दिँदै जानेछौं ।
नेकपा एमालेले मनाङ र मुस्ताङमा विजयी हासिल गरेको छ । मनाको चामे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार लोकेन्द्रबहादुर घले विजयी हनुभएको छ । घले यस अघि पनि पालिका अध्यक्ष हुनुहुन्थ्यो ।
घले ३ सय २० मतसहित विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाउनुभएको छ । चामे गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी मिङ्मर डोल्मा लामा ३२५ मत ल्याएर विजयी हुनुभएको छ । एमालेकी आशाकुमारी गुरूङले २७४ मत मात्रै पाउनुभयो ।
यसैवीच मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका छोम्पेल विष्ट ६ सय ८९ मतसहित विजयी हुनुभएको छ ।
यसैगरी मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसक कोन्जो तेन्जिङ लामा बिजयी भएका छन् ।
शुक्रवार मध्यरातमा सम्पन्न मतगणनाको परिणाममा कांग्रेसका लामलो १५८ मत पाएका छन् ।
निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार कृष्णवहादुर लामाले १११ मत पाएका छन् ।