२५ बैशाख, २०८१ मंगलबार

07:25:00 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लगानीयोग्य रकमको कमी, बैंकहरु ब्याजदर बढाउन बाध्य

केशव आचार्य ।

२९ बैशाख, २०७९

ब्याजदर बढेसँगै लगानीयोग्य पूँजीमा कमि आएको छ । यसले उत्पादन रोजगारी दुवै पक्षलाई प्रभावित बनाउँदै गएको छ ।

लगानीयोग्य रकमको कमी,   बैंकहरु ब्याजदर बढाउन बाध्य

कोरोना महामारीसँगै शिथिल बनेको आर्थिक क्रियाकलापले अझै गति लिन सकेको छैन । बैंकमा लगानीयोग्य रकम नभएकै कारण बैंकहरू तरलता अभाव भएको भन्दै ब्याज बढाउन बाध्य भएका छन् । 

ब्याजदर बढेसँगै लगानीयोग्य पूँजीमा कमि आएको छ । यसले उत्पादन रोजगारी दुवै पक्षलाई प्रभावित बनाउँदै गएको छ । बैंकहरु यसै कारण तरलता संकट भोग्दै गएका छन् ।

जसका कारण नौ महिनामा वाणिज्य बैंकहरूले निक्षेपको ब्याज ४८ प्रतिशतले बढाएका छन् ।

२०७८ चैतमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ७.११ प्रतिशत रहेकोमा २०७७ चैतमा र कर्जाको भारित औसत ब्याजदर १०.७८ प्रतिशत रहेको छ ।

२०७८ चैतमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ७.११ प्रतिशत रहेकोमा २०७७ चैतमा र कर्जाको भारित औसत ब्याजदर १०.७८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरू क्रमशः ४.७९ प्रतिशत र ८.६१ प्रतिशत रहेका थिए ।

निक्षेपको ब्याज बढेसँगै बैंकहरूको कर्जाको ब्याज पनि २५.२० प्रतिशतले बढेको देखिन्छ । चालू आर्थिक वर्षको चैतसम्म कुल १०.७८ प्रतिशत रहेको बैंकहरूको ब्याज गत आर्थिक वर्षको चैतमा ८.६१ प्रतिशत थियो । बैंकहरूको आधार दर पनि ३२.८९ प्रतिशतले बढेको छ । 

वाणिज्य बैंकहरूको औसत आधार दर २०७७ चैतमा ६.९० प्रतिशत रहेकोमा २०७८ चैतमा ९.१७ प्रतिशत कायम भएको छ । तर, बैंकहरूले अधिकांश कर्जा घरजग्गामा प्रवाह गरेको केन्द्रीय बैंकले जनाएको छ ।

बैंकहरूले घरजग्गा क्षेत्रमा ६६.९ प्रतिशत लगानी गरेका राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

२०७८ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६६.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।

२०७७ चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.९ प्रतिशत र १२.३ प्रतिशत रहेको थियो ।