७ मंसिर, २०८१ शुक्रबार

01:33:27 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भिभोले ‘भिभो सर्भिस डे’ मनाउँदै

Nepal Business

२९ बैशाख, २०७९

भिभोले आफ्नो ग्राहक केन्द्रित पहल अन्तर्गत प्रत्येक महिना २७ देखि २९ तारिखसम्म ‘भिभो सर्भिस डे’ मनाउँदै आइरहेको

भिभोले ‘भिभो सर्भिस डे’ मनाउँदै

काठमाण्डौं । भिभोले ग्राहकहरुलाई विशिष्ट सेवा प्रदान गर्न लागि परेको छ । भिभोले आफ्नो ग्राहक केन्द्रित पहल अन्तर्गत प्रत्येक महिना २७ देखि २९ तारिखसम्म ‘भिभो सर्भिस डे’ मनाउँदै आइरहेको छ ।

यस अन्तर्गत ग्राहकहरूले एक्सेसरिज खरिदमा विशेष छुटको लाभ लिन सक्नेछन् । कम्पनीले यस प्रभावकारी पहलमार्फत सहज रूपमा सबैभन्दा ठूलो समाधान प्रदान गर्दै उपभोक्ताहरूको मन जित्न सफल भएको छ । 

ग्राहकहरूले निःशुल्क स्मार्टफोन सर्भिसिङ र क्लिनिङ, शून्य श्रम लागतमा मर्मत, हार्डवेयरमा समस्या आएमा ३० दिनको एक्सचेन्ज अफरहरू, निःशुल्क प्रोटेक्टिभ फिल्म, फ्री ओएस अपडेट लगायत निःशुल्क सेवाहरू लिन सक्नेछन् ।

यसबाहेक, ग्राहकहरूले प्रत्येक नयाँ फोन खरिदमा उपलब्ध हुने वारेन्टी सेवा÷नीति पनि दाबी गर्न सक्छन् ।

भिभोले ग्राहकहरुलाई फोनमा १ वर्षको वारेन्टी, एक्सेसरिजमा ६–महिनाको वारेन्टी, पार्टकको सशूल्क मर्मतमा ३ महिनाको वारेन्टी, सेवा केन्द्रबाट खरिद गरिएको एक्सेसरिजमा ६–महिनाको वारेन्टी र सफ्टवेयरमा जीवनभर वारेन्टी प्रदान गर्दछ ।

ग्राहकहरू हरेक व्यवसायको सबैभन्दा ठूलो पूजी हुन् र भिभोले ग्राहकको सन्तुष्टिलाई निरन्तर रूपमा सुनिश्चित गर्ने प्रयासमा आफ्ना पहलहरूलाई स्तरोन्नति गर्दै आइरहेको छ । 

ग्राहक सन्तुष्टिले वफादार ग्राहकहरूलाई कायम राख्न मात्र नभई सकारात्मक रुपमा ब्राण्डको वकालत गर्दै बलियो ग्राहक सेवा पोर्टफोलियोहरू मार्फत नयाँ ग्राहकहरूलाई आकर्षित गर्नमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने ब्रान्डको विश्वास रहेको छ ।

भिभोले हाम्रा स्थानीय ग्राहकहरूको आवश्यकता र चाहना बुझेर हाम्रा बिक्रीपछिका सेवाहरूलाई स्तरोन्नति गर्ने र उपयुक्त बनाउन निरन्तर लागि परेको छ ।

भिभो नेपालका सीईओ माइकलले भन्नुभयो, ‘भिभोले ग्राहक केन्द्रित र जिम्मेवार ब्रान्डका रूपमा आफ्ना प्रिय प्रयोगकर्ताहरूलाई झन्झटमुक्त खरिद अनुभव प्रदान गर्दै ग्राहक सुरक्षा र सुविधा सुनिश्चित गर्न निरन्तर रूपमा काम गर्दै आइरहेको छ । उपभोक्ताहरूले विगतमा हाम्रा पहलहरूलाई सकारात्मक प्रतिक्रिया दिएका छन् । हामी नेपालमा भिभो स्मार्टफोन प्रयोगकर्ताहरुका लागि विशिष्ट अनुभव सिर्जना गर्न सक्षम भएकोमा खुसी छौं ।’