८ मंसिर, २०८१ शनिबार

09:59:54 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

डलरको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

Nepal Business

२९ बैशाख, २०७९

अमेरिकन १ डलरको बिक्रि मूल्य १२३ रुपैयाँ ८९ रुपैयाँ कायम भएको

डलरको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौं । अमेरिकन डलरको मूल्य घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकन १ डलरको बिक्रि मूल्य १२३ रुपैयाँ ८९ रुपैयाँ कायम भएको छ । आजको खरिददर भने १२३ रुपैयाँ २९ पैसा हो ।

बुधबार अमेरिकन १ डलरको खरिददर १२३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२४ रुपैयाँ शुन्य ४ पैसा रहेको थियो ।

राष्ट्र बैंकका अनुसार युरो र युके पाउण्ड स्टलिङको भाउ पनि बढेको छ । आज बिहीबार १ युरोको खरिददर १३० रुपैयाँ १७ पैसा छ भने बिक्रीदर १३० रुपैयाँ ८० पैसा छ ।

युके पाउण्ड स्टलिङ १ को खरिददर १५२ रुपैयाँ ४९ पैसा र बिक्रीदर १५३ रुपैयाँ २३ पैसा कायम भएको छ । 

यसैगरी जापानी येन १० को खरिददर ९ रुपैयाँ ५० पैसा र बिक्रीदर ९ रुपैयाँ ५४ पैसा रहेको छ ।

साउदी अरेवियाको १ रियलको खरिददर ३२ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३३ रुपैयाँ शुन्य ३ पैसा कायम छ ।

कतारी १ रियल खरिददर ३३ रुपैयाँ ७६ रुपैयाँ र बिक्रीदर ३३ रुपैयाँ ९३ पैसा रहेको छ ।