७ बैशाख, २०८२ आइतबार
02:14:18 AM
२८ बैशाख, २०७९
यस्तै इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले सेवाग्राहीले एकै दिन सम्पन्न हुने सेवाका लागि थप अर्को साता कार्यालयमा आउनुपर्ने अबस्था सिर्जना हुन नदिने सुनिश्चितता गरी व्यवस्थापन गर्नुपर्ने
नेपाल विजनेश समाचारदाता,
काठमाडौँ,
नेपाल सरकारको निर्णय बमोजिम राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा जेठ १ गतेदेखि शनिबार र आइतबार सार्वजनिक बिदा हुने गरी सर्कुलर जारी गरेको छ ।
यसरी विदा लिने क्रममा बैंक तथा वित्तीय संस्थाले दशैँ तिहारको बिदाबाहेक अन्य विदा लगातार दुई दिनभन्दा बढी भएमा त्यो समयमा सेवा प्रवाह नियमित गर्नुपर्ने राष्ट्र बैंकद्धारा बुधबार जारी सूचनामा जनाइएको छ ।
यसरी विदा लिने क्रममा बैंक तथा वित्तीय संस्थाले दशैँ तिहारको बिदाबाहेक अन्य विदा लगातार दुई दिनभन्दा बढी भएमा त्यो समयमा सेवा प्रवाह नियमित गर्नुपर्ने राष्ट्र बैंकद्धारा बुधबार जारी सूचनामा जनाइएको छ ।
सुचनामा ‘निर्धारण गरेको दशैँ तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिन भन्दा बढी भएमा तेस्रो दिन अत्यावश्यकीय बैंकिङ सेवालाई नियमित गर्न आवश्यताअनुसार कर्मचारी खटाइ आवश्यक सेवा, राजस्व कारोबार गर्ने शाखा एबं बैँकका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टर र नेपाल क्लियरिङ हाउस लिमिटेड खुला गर्ने व्यवस्था मिलाउने’ भनिएको छ ।
यस्तै इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले सेवाग्राहीले एकै दिन सम्पन्न हुने सेवाका लागि थप अर्काे साता कार्यालयमा आउनुपर्ने अबस्था सिर्जना हुन नदिने सुनिश्चितता गरी व्यवस्थापन गर्न पनि भनिएको छ ।
सूचनामा क,ख,ग र घ बर्गका बैंक तथा वित्तीय संस्थाहरु, इजाजतपत्र प्राप्त पुर्वाधार विकास बैंक नेपाल क्लियरिङ हाउस लिमिटेडलाई देहायबमोजिम गर्न अनुरोध गरिएको छ ।
बैंकले जारी गरेको सूचना अनुसार जेठ १ गतेदेखि शनिबार र आइतबार सार्वजनिक विदा हुने तथा सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय विहान ९ः३० देखि अपराह्न ५ः३० बजेसम्म हुने छ । तर कात्तिक १६ देखि माघ १५ सम्म भने अपराह्न ४ः३० बजेसम्म मात्रै रहने उल्लेख ।