७ मंसिर, २०८१ शुक्रबार
12:57:59 PM
२८ बैशाख, २०७९
काठमाण्डौं । आइसिटी फाउण्डेशन नेपालको आयोजनामा असार पहिलो साता दुई दिने ह्वावे डिजिटल नेपाल कन्क्लेभ २०२२ इन एसोसिएसन विथ इन्फोडेभलपर्स आयोजना हुने भएको छ।
द सोल्टी काठमाण्डौँमा असार ४ र ५ गते ह्वावे डिजिटल नेपाल कन्क्लेभ २०२२ इन एसोसिएसन विथ इन्फोडेभलपर्स आयोजना हुने भएको हो ।
सो कन्क्लेभमा प्रसिद्ध अन्तराष्ट्रिय कम्पनि ‘ह्वावे’ कार्यक्रमको शीर्ष प्रायोजक र नेपालको सफ्टवेयर क्षेत्रको अग्रणी कम्पनि ‘इन्फोडेभलपर्स’ इन एसोसिएसनको रुपमा रहेका छन्।
आयोजकका अनुसार कन्क्लेभमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरबाट ६० बढी बक्ता र ७ सय बढी विशिष्ट व्यत्ति तथा विज्ञहरुको सहभागिता रहनेछ।
‘डिजिटल रुपान्तरणको लागि डिजिटल नेपाल कन्क्लेभ’को नारासहित यस कार्यक्रममा विभिन्न १५ बढी महत्वपूर्ण सेसनहरु रहेका छन्।
कार्यक्रममा डिजिटल नेपालको एजेण्डा र अवधारणाहरुमा बृहत् छलफल हुनेछ। विशेषगरी नेपाल सरकारले रुपान्तरणकारी परियोजनाको रुपमा अघि बढाएको डिजिटल नेपाल फ्रेमवर्कलाई कसरी प्रभावकारी ढंगले कार्यान्वयनमा लान सकिन्छ भन्ने सन्दर्भमा कन्क्लेभ केन्द्रित रहनेछ।