८ मंसिर, २०८१ शनिबार
07:04:25 AM
२८ बैशाख, २०७९
आर्थिक तथा वित्तीय स्थितिबारे सार्वजनिक गरेको तथ्यांकमा मृल्यवृद्धि ७.२८ प्रतिशत पुगेको जनाएको छ ।
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे वास्तविक तथ्यांक सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षको नौं महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे सार्वजनिक गरेको तथ्यांकमा मृल्यवृद्धि ७.२८ प्रतिशत पुगेको जनाएको छ ।
यस अवधिमा आयात ३२.० प्रतिशतले र निर्यात ६९.४ प्रतिशतले बढेको छ भने विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ०.६ प्रतिशत र अमेरिकी डलरमा २.२ प्रतिशतले घटेको छ ।
यसैगरी शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले घाटामा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ६१ करोड अमेरिकी डलर रहेको छ । संघीय सरकारको खर्च ७ खर्ब ९४ अर्ब २६ करोड र राजस्व परिचालन ७ खर्ब ८९ अर्ब २६ करोड रहेको छ ।