१७ बैशाख, २०८१ सोमबार

05:27:27 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रेमिट्यान्स आप्रवाहमा सुधार, अन्तिम श्रम स्वीकृति लिने बढेसँगै बढ्यो आप्रवाह

Nepal Business

२८ बैशाख, २०७९

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९९.९ प्रतिशतले वृद्धि भई २,०६,६२९ पुगेको छ ।

रेमिट्यान्स आप्रवाहमा सुधार, अन्तिम श्रम स्वीकृति लिने बढेसँगै बढ्यो आप्रवाह

काठमाण्डौं । चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा विप्रेषण आप्रवाहमा सामान्य सुधार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

चालु आर्थिक वर्षको नौ महिनामा देशको वर्तमान तथा वित्तीय स्थिति सार्वजनिक गर्दै विप्रेषण आप्रवाहमा सामान्य सुधार भएको जनाइएको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङक अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले कमी आई ७ खर्ब २४ अर्ब ७४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले कमीआई ६ अर्ब ५ करोड कायम भएको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २,५६,०३१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७४.९ प्रतिशतले घटेको थियो । 

यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९९.९ प्रतिशतले वृद्धि भई २,०६,६२९ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६०.७ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ०.७ प्रतिशतले कमी आई ८०८ अर्ब ९२ करोड कायम भएको छ ।