१६ कार्तिक, २०८१ शुक्रबार
03:16:32 PM
२८ बैशाख, २०७९
बम्पर लक्की ड्र मार्फत एक जना भाग्यशाली ग्राहकले नगद ७ लाख नगद उपहार
काठमाण्डौं । नेपालको लागि होण्डा टू व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा छ साथ साथ’ नामक उपहार योजना ल्याएको छ । यस योजनामा सातै प्रदेशका ग्राहकहरूले सहभागिता जनाउन सक्ने छन् ।
यस योजना अन्तर्गत प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन मार्फत १ लाख रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको हो ।
यो योजना अवधिभर होण्डा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकहरू मध्ये प्रत्येक प्रदेशबाट एक–एक जना गरि सातै प्रदेशबाट सात जना ग्राहकहरूले लक्की ड्र मार्फत आकर्षक सामसुङ ए फिफ्टी मोबाइल फोन तथा एएमसी कुपन प्राप्त गर्न सक्नेछन् ।
साथै बम्पर लक्की ड्र मार्फत एक जना भाग्यशाली ग्राहकले नगद ७ लाख नगद उपहार पाउनुहुनेछ ।
स्याकार ईन्भेष्टमेन्ट मार्फत हुने १ प्रतिशत इएमआइ पेमेन्ट स्किम बाहेकको अन्य नगद तथा फाइनान्स खरिद दुबैमा यो योजना लागू हुने कम्पनीले जनाएको छ ।
यो योजना सुरु भइसकेको छ । यसको अन्तिम अवधि जेठ १७ गतेसम्म रहनेछ ।
नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको खरिदमा आउने यस किसिमका आकर्षक उपहार योजनाहरूले ग्राहकहरूलाई थप उत्साहित बनाउने विश्वास कम्पनीले लिएको छ ।