८ मंसिर, २०८१ शनिबार

06:43:12 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जेठमा बैंकहरुको ब्याजदर नबढ्नेः नेपाल बैंकर्स संघ

Nepal Business

२८ बैशाख, २०७९

मंगलबार बसेको संघको कार्यसमितिको बैठकले जेठ महिनाको लागि ब्याजदर नबढाउने सहमति गरेको हो ।

जेठमा बैंकहरुको ब्याजदर नबढ्नेः नेपाल बैंकर्स संघ

काठमाण्डौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले जेठ महिनामा बैंकहरूको ब्याजदर नबढाउने भएको छ। मंगलबार बसेको संघको कार्यसमितिको बैठकले जेठ महिनाको लागि ब्याजदर नबढाउने सहमति गरेको हो ।

चैत्र र वैशाख महिनामा पनि वाणिज्य बैंकहरुको ब्याजदर बढेको थिएन । फागुनमा बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर ०.९८ प्रतिशतले बढाएका थिए ।

सहमति अनुसार बैंकहरुले सोही ब्याजदर प्रकाशित गर्ने भएकाले जेठ महिनाका लागि पनि निक्षेपकर्ताले उल्लेखित ब्याजदर नै पाउने छन् ।

गत बुधबार चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालको लेखापाल सम्मेलनलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूको ब्याजदर अझै बढ्न सक्ने अभिव्यक्ति दिनु भएको थियो ।