८ मंसिर, २०८१ शनिबार
06:59:53 AM
२८ बैशाख, २०७९
सैंजुसँग माछापुच्छ्रे बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा १५ वर्षभन्दा बढी काम गरेको अनुभव छ।
काठमाण्डौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरजमान सैंजु नियुक्त हुनुभएको छ । वैशाख २५ को संचालक समिति बैठकले सैंजुलाई कामु सीईओको जिम्मेवारी दिएको माछापुच्छ्रे क्यापिटलले जनाएको छ।
यसअघि कम्पनीको कामु सीईओमा गोविन्दप्रसाद शर्मा हुनुहुन्थ्यो ।
सैंजुसँग माछापुच्छ्रे बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा १५ वर्षभन्दा बढी काम गरेको अनुभव छ। उहाँ ट्रेजरी व्यवस्थापन, प्राइभेट इक्विटी, भेन्चर फाइनान्सिङ तथा धितोपत्र व्यवस्थापनमा दक्षता राख्नुहुन्छ ।