७ मंसिर, २०८१ शुक्रबार

01:16:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल दूरसञ्चारको खुद नाफा ५ अर्ब ४३ करोडभन्दा बढि

Nepal Business

२८ बैशाख, २०७९

नेपाल दूरसञ्चारको खुद नाफा ५ अर्ब ४३ करोडभन्दा बढि

काठमाण्डौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको खुद नाफा गत वर्षको तुलनामा यस वर्ष ७.६३ प्रतिशतले कम भएको छ ।

कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा ५ अर्ब ४३ करोड ५३ लाखभन्दा बढी खुद नाफा गरेको हो । 

कम्पनीले गत वर्ष यस अवधिसम्म ५  अर्ब ८८ करोड ४४ लाख रुपैयाँ भन्दा बढी खुद नाफा गरेको थियो ।

यस्तै कम्पनीको कुल आम्दानीमा वृद्धि भएको छ । कम्पनीको कुल आम्दानी गतवर्षको तुलनामा यस वर्ष २.७२ प्रतिशतले वृद्धि भएको हो । 

कम्पनीको कुल आम्दानी ३२ अर्ब ५३ करोड ६७ लाख रुपैयाँभन्दा बढी भएको छ । यो आम्दानी गत वर्षको यसै अवधिसम्म ३१ अर्ब ६७ करोड ३७ लाख रुपैयाँभन्दा बढी थियो । 

यसैगरी कम्पनीले बोनस सेयर पनि शेयर वितरण गरेको कम्पनीको छ । कम्पनीले यस वर्ष २० प्रतिशत बोनस शेयर वितरण गरेको हो । कम्पनीको चुक्तापूँजी १८ अर्ब पुगेको छ ।

कम्पनीको जगेडा कोष रकम ०.७६ प्रतिशत कम छ । कम्पनीको जगेडा कोषमा रकम ७४ अर्ब ११ करोड ७७ लाख रुपैयाँ रहेको छ ।