१३ बैशाख, २०८१ बिहिबार

04:25:34 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

टाटाको नयाँ गाडी नेक्सन इभी म्याक्सआउँदै , के छ यसको विशेषता ?

Nepal Business

२८ बैशाख, २०७९

नेपालमा कहिले आउने भन्ने यकिन भइसकेको छैन ।

टाटाको नयाँ गाडी नेक्सन इभी म्याक्सआउँदै , के छ यसको विशेषता ?

काठमाडौँ, 
टाटा मोटर्सले बुधबार (आज) नयाँ कार नेक्सन इभी म्याक्स सार्वजनिक गर्दै छ । यो कार भारतमा सार्वजनिक गर्न लागिएको हो ।

लामो दुरीको विद्युतीय यात्रालाई लक्षित गरेर उक्त कार ल्याइएको हो । एकपटक फुल चार्ज गर्दा २०० किलोमिटर यात्रा आउजाउ गर्न पुग्ने व्याट्री राखिएको उक्त कार यसअघिका मोडलको तुलनामा निक्कै ठुलो व्याट्री राखिएको टाटा मोटर्सले जनाएको छ ।  

यसमा जेडएक्स प्लस र जेडएक्स प्लस लग्जरी भेरियन्टका कार रहेका छन् । साथमा अन्य नयाँ फिचर समेत समावेश गरिएको छ । उक्त कारमा वायरलेस मोबाइल चार्जिङको सुविधा पनि छ ।

यसबाट ब्याट्री चार्ज गर्न लगभग १० घण्टा लाग्ने जनाइएको छ । फास्ट चार्जिङको अप्सनमा गएपछि भने ३० मिनेटमै चार्ज हुनेछ । नेक्सन इभीको मूल्य ३५ लाख रहेको र नयाँ नेक्सन इभी म्याक्सको मूल्य करिब रु ४५ लाख पर्ने जनाइएको छ । 

मे ११ का दिन( आज) भारतमा लञ्च गर्न लागिएको छ । नेपालमा कहिले आउने भन्ने यकिन भइसकेको छैन ।