१३ बैशाख, २०८१ बिहिबार

07:44:06 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

‘ग्लोबल फ्रेन्डशिप आर्ट फेष्टिवल’ सुरु

Nepal Business

२७ बैशाख, २०७९

प्रदर्शनीमा नेपाल र बङ्गलादेशसहित भारत, अमेरिका, ग्रिस, क्यानडा र जापानका कलाकारका ३४ सिर्जना समावेश गरिएको छ ।

‘ग्लोबल फ्रेन्डशिप आर्ट फेष्टिवल’ सुरु

काठमाडौँ,
काठमाडौँमा आजदेखि ‘ग्लोबल फ्रेन्डशिप आर्ट फेष्टिवल नेपाल २०२२’ सरु भएको छ । बङ्गलादेश कलाकार समूहको आयोजनामा भएको उत्सवको यो तेस्रो संस्करण हो ।

उक्त फेष्टिवलको नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले उद्घाटन गर्दै सांस्कृतिक आदानप्रदान तथा दुई देशको ऐतिहासिक तथा मानवीय सभ्यतालाई जोड्न उत्सव महत्वपूर्ण हुने बताउनुभयो ।

उक्त फेष्टिवलको नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले उद्घाटन गर्दै सांस्कृतिक आदानप्रदान तथा दुई देशको ऐतिहासिक तथा मानवीय सभ्यतालाई जोड्न उत्सव महत्वपूर्ण हुने बताउनुभयो ।

राजदूत चौधरीले उक्त कार्यक्रम बङ्गलादेशको सांस्कृतिक विविधतालाई कलाका माध्यमबाट नेपालका कला पारखीलाई देखाउने अवसर भएको पनि बताउनुभयो । 

आपसी विश्वासमा बाँधिएको दुई देशको सम्बन्धलाई यस उत्सवले थप बलियो बनाउने र एकअर्काको मूल्य मान्यतालाई स्वीकार गर्न सघाउने उहाँको भनाइ थियो । 

प्रदर्शनीमा नेपाल र बङ्गलादेशसहित भारत, अमेरिका, ग्रिस, क्यानडा र जापानका कलाकारका ३४ सिर्जना समावेश गरिएको छ । उत्सवमा विदेशी कलाकारहरुसमेत सहभागी छन् । प्रदर्शनी पाँच दिनसम्म चल्ने छ ।