२६ बैशाख, २०८१ बुधबार

08:09:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शक्तिशाली ५ मुद्राको विश्वमा राज, नेपाली मुद्रा सबैतिर अवमूल्ययन

केशव आचार्य ।

२७ बैशाख, २०७९

विश्वभरका मुद्रालाई एउटै टोकरीमा राखेर, कुन मुद्रा कति माग भयो भन्ने आधारमा मुद्राको विनिमयदर निर्धारण गरिन्छ ।

शक्तिशाली ५ मुद्राको विश्वमा राज,  नेपाली मुद्रा सबैतिर अवमूल्ययन

विश्वमा विद्यमान मुलुकहरुको आफ्नै किसीमका नोट तथा मुद्राहरु छन् । हरेक मुलुकले अलग किसिमको आफ्नै महत्व झल्काउने मुद्राको प्रयोग गरिरहेका हुन्छन् । 

कुनैपनि देशको पैसाको आफ्नै मूल्य वा महत्व रहेको हुन्छ । अन्तराष्ट्रिय स्तरमा फैलिएको व्यापार संजाल र यसका लागि उक्त मुद्राकको माग आपूर्तिले मुद्राको मूल्य निर्धारण गर्दछ । यसै आधारमा कुनैपनि मुलुकको मुद्रा मजबुत हुन्छ भने कुनै देशको कमजोर मानिन्छ । 

निर्यात आयातको अनुपात नै १ः९ को रहेको छ । व्यापार घाटा बार्षिक बजेटको हाराहारीमा पुगेको छ । 

विश्वभरका मुद्रालाई एउटै टोकरीमा राखेर, कुन मुद्रा कति माग भयो भन्ने आधारमा मुद्राको विनिमयदर निर्धारण गरिन्छ । अन्तराष्ट्रिय मुद्राको माग त्यो देशबाट हुने वस्तु तथा सेवाको आयात निर्यातबाट निर्धारित भएको हुन्छ ।

बढि निर्यात गर्ने देशको मुद्राको माग बजारमा बढि हुन्छ र कम निर्यात गर्ने देशको मुद्राको माग कम हुन्छ ।

नेपालको अर्थतन्त्र आयातमुखी भएका कारण निर्यात योग्य वस्तु तथा सेवाको उच्च उत्पादन नेपालले गर्न सकेको छैन । निर्यात आयातको अनुपात नै १ः९ को रहेको छ । व्यापार घाटा बार्षिक बजेटको हाराहारीमा पुगेको छ । 

नेपाली उत्पादन अन्तराष्ट्रिय बजारमा न्यून निर्यात हुनेहुँदा हाम्रो मुद्राको माग विश्व बजारमा कम हुन्छ । न्यून माग भएकै कारण विश्वका शक्तिशाली मुद्राको तुलनामा नेपालको मुद्रा अवमूल्ययन भएको हो । 

विश्वभर प्रयोग हुने शक्तिशाली ५ मुद्रा

१.अमेरिकन डलर

अमेरिकन डलर संयुक्त राज्य अमेरिकाको आधिकारिक मुद्रा हो । अमेरिकामा एक डलरमा १०० सेन्ट हुन्छ । अर्थात् १०० सेन्टको १ डलर हुन्छ । अमेरीकामा ५० सेन्टको सिक्कालाई आधा डलर भनिन्छ भने पच्चीस सेन्टको सिक्कालाई ‘क्वार्टर’ भनिन्छ । अमेरिकामा १० सेन्टको सिक्कालाई ‘डाइम’ भनिन्छ भने, पाँच सेन्टको सिक्कालाई  ‘निकल’ भनिन्छ ।  त्यस्तै अमेरीकामा एक सेन्टलाई १ पेन्नी पनि भनिन्छ । अमेरीकी डलरको नोट १, ५, १०, २०, ५० र १०० मा उपलब्ध छ ।

२. यूरो

यूरो करेन्सी अमेरिकी डलर पछि संसारमा सबैभन्दा बढी कारोबार हुने करेन्सी हो । यो करेन्सीको नाम ‘यूरो’ भनेर १६ डिसेम्बर १९९५ मा राखिएको थियो । यूरो दुनियाँको सबै भन्दा बढी रिजर्व करेन्सी पनि हो । यूरोपियन संघको २८ सदस्य राष्ट्र मध्ये १८ सदस्य देशको मुद्रालाई यूरो भनिन्छ । यी देशलाई सामुहिक रुपमा यूरोजोन पनि भनिन्छ । जसमा अस्ट्रिया, बेल्जियम, साइप्रस, इस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, आयरल्याण्ड, इटली, लग्जम्बर्ग, माल्टा, नेदरल्याण्ड, पोर्चुगल, लगायतका देशहरु पर्दछन् ।

३. येन

येन जापानको आधिकारिक मुद्रा हो । डलर र यूरो पछि विदेशी विनिमय बजारमा सबै भन्दा बढि चल्ती हुने करेन्सीको रुपमा जापानी येनलाई लिईन्छ । डलर, यूरो र पाउण्ड पछि यसको प्रयोग रिजर्व करेन्सीको रुपमा पनि गरिन्छ । जापानी भाषामा येन को मतलब राउण्ड अर्थात् (गोल) भन्ने बुझिन्छ ।

४. पाउण्ड

पाउण्ड ब्रिटेनको आधिकारिक मुद्रा हो । चाँदीको एक पाउण्ड भारको आधारमा पाउण्ड नामाकरण गरिएको हो । यो एक लेटिन शब्द लिब्राको अंग्रेजी ट्रान्सलेसन हो । लिब्रा रोमन साम्राज्यमा कुनै चीजको आयतन नाप्ने एक एकाइको रुपमा प्रयोग गरिन्थ्यो । एक पाउण्डमा १०० पेनी हुन्छ । यसको प्रयोग रिजर्व करेन्सीको रुपमा पनि गरिन्छ । विदेशी विनिमय बजारमा डलर, यूरो र येन पछि पाउण्ड चौथो बढी कारोबार हुने मुद्रा हो । मुख्यगरी यो मुद्रा यूनाइटेड किंगडम (पाउण्ड स्टरलिङ)को रुपमा चलन चल्तीमा छ । 

५. युआन

युआन चीनको आधिकारिक मुद्रा हो । हङकङ र मकाओमा भने यो मुद्रा चलनमा छैन । युआनको नोट १ युआन देखी १०० सम्ममा उपलब्ध छ । यसको रंग तथा आकार पनि फरक फरक छ ।

विश्व बजारमा उच्च वस्तु तथा सेवा निर्यात गरि विदेशी मुद्रा आर्जन गर्न सफल राष्ट्रहरुले राज गरिरहेका छन् । आधुनिक प्रविधिको आविश्कार, नयाँ वस्तुको निर्माण र निर्यात मार्फत केही राष्ट्रहरुले विश्व बजारलाई आफ्नो पकडमा पारिरहेका छन् । 

यसले कम विकसित मुलुक वा कम निर्यात गर्ने मुलुकलाई चुनौती सृजना गरिदिएको छ ।