८ मंसिर, २०८१ शनिबार
06:47:00 AM
२७ बैशाख, २०७९
बैंकका पूर्व अध्यक्ष स्व.शम्भुप्रसाद पौड्यालको सम्झनामा यस बर्षबाट बैंकले कर्मचारी परिवारको लागि ‘श्री शम्भुप्रसाद पौड्याल स्मृति छात्रवृत्ति’ सुरु गरेको
काठमाण्डौं । नबिल बैंकले ‘श्री शम्भुप्रसाद पौड्याल स्मृति छात्रवृत्ति’ सुरु गरेको छ ।
बैंकका पूर्व अध्यक्ष स्व.शम्भुप्रसाद पौड्यालको सम्झनामा यस बर्षबाट बैंकले कर्मचारी परिवारको लागि ‘श्री शम्भुप्रसाद पौड्याल स्मृति छात्रवृत्ति’ सुरु गरेको हो ।
स्व.पौड्यालले बैंकमा लामो समय देखि संचालक समितिमा योगदान गर्दै आएका थिए ।
छात्रवृत्ति कार्यक्रममा प्रत्येक बर्ष नबिल बैंकका सम्पूर्ण कर्मचारीहरुले राष्ट्रिय परिक्षाबोर्डको २ तहमा उत्कृष्ट नतिजा ल्याउने मेहेनती तथा जेहेन्दार सन्तानहरुका नाम मनोनयन गर्न सक्दछन् ।
बैंकले यस वर्षको छात्रवृत्ति पाउनेमा कर्मचारी उदय राज खनालकी छोरी उनिका खनाल, कर्मचारी सन्देश राज भट्टराईका छोरा दिपसन भट्टराई र कर्मचारी मुरारी प्रसाद अर्यालका छोरा मुकुल अर्याल रहेका छन् ।
उच्च शिक्षाको लागि प्रोत्साहन गर्ने उदेश्य सहित बैंकले यो कार्यक्रम ल्याएको हो ।
मनोनित कर्मचारी परिवारका सन्तानहरुबाट उत्कृष्ट नतिजा ल्याउने २ जना पुरुष र २ जना महिला सन्तानहरुलाई प्रत्येक बर्ष यो पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ ।
पुरस्कारको रकम ५० हजार रुपैया प्रत्येक विजेता कर्मचारीका सन्तानहरुलाई प्रदान गरिने बैंकले जनँएको छ ।