८ मंसिर, २०८१ शनिबार

12:42:32 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

तीन दिनसम्म सीमा नाका बन्द हुने, मौन अवधि मंगलवार राति देखि

Nepal Business

२६ बैशाख, २०७९

चुनावलाई शान्तिपूर्ण र मर्यादित बनाउन भन्दै मंगलवारदेखि नै जाँडरक्सी बिक्री वितरणमा पनि रोक लगाइएको छ ।

तीन दिनसम्म सीमा नाका बन्द हुने, मौन अवधि मंगलवार राति देखि

काठमाडौं । शुक्रबार हुने स्थानीयत तहको निर्वाचनका लागि मंगलवार रातिदेखि मौन अवधि सुरु हुने भएको छ । मौन अवधिमा चुनावी प्रचारका कुनै पनि कार्यक्रम गर्न पाइँदैन ।

चुनावी प्रचारको लागि सोमबार र मंगलवार दुई दिन मात्रै बाँकी भएकाले दल र उम्मेदवारको दौडधुप र व्यवस्तता अझै बढेको छ । 

यस्तै, भोलि अर्थात मंगलवार मध्यरातिदेखि नै चीन र भारतसँग जोडिएका सीमा नाका बन्द हुने भएका छन् । मंगलवार राति १२ बजेदेखि मतदान हुने दिन शुक्रवार राति १२ बजेसम्म सीमा नाका बन्द हुने गृह मन्त्रालयले जनाएको छ ।

कुनै देशमा चुनाव हुँदा अन्तर्राष्ट्रिय नियमअनुसार नै सीमा नाका बन्द गर्ने गरिन्छ । चुनावलाई मध्यनजर गरेर सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा गरिएको पनि मन्त्रालयले जनाएको छ।

चुनावलाई शान्तिपूर्ण र मर्यादित बनाउन भन्दै मंगलवारदेखि नै जाँडरक्सी बिक्री वितरणमा पनि रोक लगाइएको छ ।