८ मंसिर, २०८१ शनिबार

06:47:05 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एनसीसी बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Nepal Business

२५ बैशाख, २०७९

कार्यक्रममा बचतको महत्व, बचत गरेको रकम बैकमा खाता खोली जम्मा गर्नु लगायतका बारेमा जानकारी गराइएको

एनसीसी बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड चौतारा शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको थियो । 

चौतारा सागाचोकगढी ७, सानो सिरुवारी स्थित सिद्घिगणेश माध्यमिक बिध्यालय परिसरमा भएको यस कार्यक्रममा बैकका चौतार शाखा प्रबन्धक सम्पुर्ण गिरिको सभापतित्वमा सम्पन्न भएको हो । 

कार्यक्रममा बचतको महत्व, बचत गरेको रकम बैकमा खाता खोली जम्मा गर्नु लगायतका बारेमा जानकारी गराइएको थियो । 

नेपाल राष्ट्र बैकका भुपु कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले ऋण लिने कारणहरु, साना ठूला जुनसुकै प्रकारको ब्यवसाय गर्न बैकबाट सहुलियत ब्याजदरमा कर्जा लिने, बीमा, पारिवारिक बजेटको महत्व, बीत्तीय साक्षरतामा नेपाल राष्ट्र बैकको योगदानका साथै धितोपत्र, सम्पती शुद्धिकरण र विद्युतीय कारोवार सम्बन्धी जानकारीका सम्बन्धमा आफ्नो प्रस्तुति दिनुभएको थियो । 

यस्तै बैकका मार्केटिङ अफिसर विवेक राजकर्णिकारले बैकको इतिहास बताउदै वित्तीय साक्षरमा तर्फ अग्रसर बन्नु पर्ने कुरामा जोड दिदै बैकले दिइरहेको सेवा सुबिधा सम्बन्धी जानकारी दिनुभयो । 

सयजना भन्दा बढीको उपस्थिति रहेको यस साक्षरता कार्यक्रममा महिलाहरु सहभागि भएका थिए ।