२० बैशाख, २०८१ बिहिबार

12:52:18 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रुपन्देही सामाजिक सन्जाल अष्ट्रेलियाको आयोजनामा म भित्रको म पुस्तक विमोचन

Nepal Business

२५ बैशाख, २०७९

मुल्मीले आफ्नो जीवनको ७८ वर्षको अनुभव यात्रामा अनुभुत गरेका दुख, सिकाई तथा योगदानको दस्ताबेजको रुपमा पाठक समक्ष प्रस्तुत गर्नुभएको छ ।

रुपन्देही सामाजिक सन्जाल अष्ट्रेलियाको आयोजनामा म भित्रको म पुस्तक विमोचन

सिड्नी । रुपन्देही सामाजिक सन्जाल कला संस्कृति तथा साहित्यिक समन्वय समिति अष्ट्रेलियाको आयोजनमा “म भित्रको म” नामक आत्मवृतान्त पुस्तकको बिमोचन एवं विश्लेषणात्मक छलफल एक कार्यकम वीच  सिड्निमा विमोचन गरिएको छ ।  

म भित्रको म” नामक आत्मवृतान्त पुस्तक लेखक, सामाजिक सेवा परिषदको सल्लाहाकार, सामाजिक अभियान्ता अधिकारकर्मी शान्तलाल मुल्मी द्वारा लिखित पुस्तकको  विमोचन कयिक्रमका प्रमुख अतिथि एनआरएन अष्ट्रेलियाका अध्यक्ष नन्दु गुरुङ एनआरएन आइसिसि का संरक्षक एवं सामाजिक अभियान्ता इन्द्रा वन वरिष्ठ समाजसेवि नारायण प्रधान  लेखक एवं कार्यक्रमका  विशिष्ठ अतिथि  शान्तालाल मुल्मी लगाएतले पुस्तकको विमोचन गर्नुभयो । 

रुपन्देहि सामाजिक संजाल रुपन्देहि अष्ट्रेलियाका अध्यक्ष मुक्तिराम पोखरेलको अध्यक्षता ,महासचिव रन्जिता भण्डारी को संचालन र आरएसएनका कला संस्कृति एवं साहित्यिक संयोजक सुचना पाण्डेको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रममा पुस्तक लेखक मुल्मीले पुस्तकबारे बोल्नुभएको थियो । 

पुस्तकमाथी त्रिभुवन बिश्वविद्यालय किर्तिपुरमा उप–प्राध्यापक नाटक लेखन तथा साहित्यिक समालोचक जीवनाथ लम्साल,साहित्यकार एवं सर्जक सुरेन्द्र दवाडीले टिप्पणी गर्नु भएको थियो। कार्यक्रममा गैर आवसीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुङ नेपाली कला  संस्कृती तथा साहित्यिक प्रतिष्ठान का पूर्व अध्यक्ष एवं एनआएएन ओसियानका पूर्व महिला कोडिनेटर जानकि पौडेल, अनेसास अष्ट्रेलिया का अध्यक्ष ममता तिवारी एवं एन आरएन आइसिसि का संरक्षक इन्द्रा वन लगायतले  पुस्तकको बारेमा आफ्नो धारणा राख्नुभएको थियो । 

कार्यक्रममा साहित्यकार, गजलकार सर्जक एवं कलाकार र समुदायका बिभिन्न सामाजिक अगुवा एवं पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा गैरसरकारी संस्था महांसघका नेपालका पूर्व केन्द्रिय सदस्य एवं मानवअधिकारककर्मी केशव प्रसाद रेग्मी, झापाली समाज अष्ट्रेलियाका अध्यक्ष निराजन प्रसाई, आरएसएनका सल्लाहाकार डा. प्रकाश पौडेल, चुन्ना क्षेत्री, महिला अधिकारकर्मी शान्ति मान्नधर, एभरेष्ट टि.भि. इडिटर प्रमुख एवं विजन्नेस विज् का निर्देशक तिर्थ खतिवडा, एभरेष्ट कमियुनिकेशनका प्रोपराइटर एवं समाजसेवी युवराज भट्टराई, इन्जिनिएर सुरेन्द्र धिताल लगायतकाको सहभागिता रहेको थियो ।

आएसएनएका कला संस्कृति एवं साहित्यिक समन्वय समितिका उप–संयोजक प्रदिप खनाल र कलाकार बिन्दु पौडेलले विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम सफल पार्न  श्रुर्ति मुल्मी, सचिन, एभरेष्ट तन्दुरीका प्रोपराइट लक्ष्मी सापकोटा, रवि कडेल, युवराज भट्टराई, दिल खड्का, विशाल भण्डारी, ज्योति खड्का लगायतले सहयोग पुऱ्याउनु भएको थियो । 

मुल्मीले आफ्नो जीवनको ७८ वर्षको अनुभव यात्रामा अनुभुत गरेका दुख, सिकाई तथा योगदानको दस्ताबेजको रुपमा पाठक समक्ष प्रस्तुत गर्नुभएको छ । 

प्रमुख अतिथि नन्दु गुरुङले आफ्नो मन्तव्य राख्दै  रुपन्देही सामाजिक संजाल ले स्थापना देखि नै  समुदायमा महत्वपूर्ण काम गर्दै आएको बताउनुभयो । उहाँले समाजले कला संस्कृति र साहित्यलाई पनि जगेर्ना गर्ने कार्य गरेकोमा खुशि व्यक्त गर्नुभयो ।