८ मंसिर, २०८१ शनिबार

06:40:35 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बैंकहरुको सिडिरेसियो ९० प्रतिशत भन्दाकम गर्ने कार्ययोजना, के गर्ला राष्ट्र बैंक ?

Nepal Business

२५ बैशाख, २०७९

राष्ट्र बैंकका अनुसार सबै बैंकहरुले सिडि रेसियो ९० प्रतिशतभन्दा तल ल्याउने कार्ययोजना पठाइसकेका छन्।

बैंकहरुको सिडिरेसियो ९० प्रतिशत भन्दाकम गर्ने कार्ययोजना,  के गर्ला राष्ट्र बैंक ?

काठमाण्डौं । नेपाल बैंकहरुले नेपाल राष्ट्र बैंकलाई आगामी असार मसान्त सम्ममा बैंकको सिडिरेसियो ९० प्रतिशत भन्दा कम ल्याउने कार्य योजना बुझाएका छन् । राष्ट्र बैंकका अनुसार सबै बैंकहरुले सिडिरेसियो ९० प्रतिशतभन्दा तल ल्याउने कार्ययोजना पठाइसकेका छन्। 

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समिक्षामा आगामी असार मसान्तभित्र सिडिरेसियो ९० प्रतिशतभन्दा तल कसरी ल्याउने हो त्यसको कार्ययोजना सञ्चालक समितिबाट पारित गराएर केन्द्रीय बैंकका पेश गर्न निर्देशन दिएको थियो ।

निर्देशन अनुसार बैंकहरुले सिडिरेसियो ९० प्रतिशतभन्दा कम ल्याउने कार्ययोजना केन्द्रीय बैंकमा बुझाएका हुन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सिसिडि रेसियो खारेज गर्दै सिडिरेशियो लागु गरेको थियो । 

सोही अनुसार बैंकहरुले आगामी असार मशान्तभित्र सिडि रेसियो ९० भन्दा तल ल्याउनुपर्ने आवश्यकता छ। दोस्रो त्रैमाससम्म पनि बैंकहरुको सिडिरेसियो घट्नुको सट्टा उल्टै बढ्दै गएपछि असार मसान्तभित्र ९० भन्दा तल ल्याउने कार्ययोजना पेश गर्न भनेको थियो ।

अहिले पनि बैंकिङ्ग प्रणालीमा निक्षेप संकलन बढ्न सकेको छैन् । वैशाख पछि पनि निक्षेप २० अर्ब भन्दा धेरैले घटेको छ । निक्षेप संकलन बढ्न नसक्दा बैंकहरुलाई सिडिरेसियो कायम गर्न झन् कठिन बन्दै गएको छ ।

चुनाब सकिएपछि निक्षेप संकलन बढ्ने बैंकहरुले अपेक्षा गरेका छन् ।