८ मंसिर, २०८१ शनिबार

06:29:40 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शुरुको निर्दिष्ट अवधिमा बिक्री भएन एनएमबि बैंकको उर्जा ऋणपत्र, जेठ ४ गतेसम्म म्याद थपियो

Nepal Business

२५ बैशाख, २०७९

कम्पनीले छिटो अवधि वैशाख २५ गतेसम्मको मिति तय गरेको थियो ।

शुरुको निर्दिष्ट अवधिमा बिक्री भएन एनएमबि  बैंकको उर्जा ऋणपत्र, जेठ ४ गतेसम्म म्याद थपियो

काठमाण्डौं । वैशाख २१ गतेदेखि सार्वजनिक निष्कासनमा आएको एनएमबि बैंक लिमिटेडको उर्जा ऋणपत्र जेठ ४ गतेसम्म विक्री गरिने भएको छ ।  कम्पनीले छिटो अवधि वैशाख २५ गतेसम्मको मिति तय गरेको थियो । 

यस अवधिसम्म माग बमोजिम आवेदन नपर्ने देखिएपछि बैंकले ढिलो अवधिसम्म विक्रीमा रहने जानकारी दिएको हो । बैंकले दोस्रो पटक उर्जा ऋणपत्र विक्री गर्न लागेको हो ।

यस अघि पनि बैंकले गत वर्षको जेठमा ४ प्रतिशत ब्याजदरको १५ वर्षे अवधिको १ अर्ब ५० करोड बराबरको एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९२/९३ नामको ऋणपत्र बिक्री गरेको थियो ।