६ जेठ, २०८१ आइतबार

09:58:40 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको नाफा अधिक

Nepal Business

१३ पुस, २०७८

योजनाले कात्तिक महिनामा ४ करोड १६ लाख ९२ हजार जम्मा आम्दानी गरेको मंसिर महिनामा २ करोड ९३ लाख ६ हजार आम्दानी गरेको हो ।

 एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको नाफा अधिक

काठमाण्डौं, पुस १३ 

एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एन आईसी एशिया  डाइनामिक डेप्ट फण्डले मंसिर महिनामा २ करोड ४७ लाख ३३ हजार नाफा गरेको छ । कात्तिक महिनामा यो नाफा ३ करोड ७९ लाख ४९ हजार रहेको थियो । 
कात्तिक महिनाको  तुलनामा मंसिर महिनामा योजनाको नाफा भने कमि आएको छ । योजनाले कात्तिक महिनामा ४ करोड १६ लाख ९२ हजार जम्मा आम्दानी गरेको मंसिर महिनामा २ करोड ९३ लाख ६ हजार आम्दानी गरेको हो । कात्तिक महिनामा ३७ लाख  ४३ हजार खर्च गरेको योजनाले मंसिर महिनामा ४५ लाख ७२ हजार खर्च गरेको छ ।   


मंसिर महिनामा योजनाको खुद सम्पती ५२ करोड ७८ लाख ३८ हजार छ । यो सम्पती कात्तिक महिनामा ५४ करोड १४ लाख ६७ हजार थियो । यस योजनाको मंसिर महिनासम्म ४ करोड ९९ लाख ९४ हजार ३ सय ९६ इकाई कायम भएको छ ।


योजनाको प्रति इकाई खुद मूल्य पनि कात्तिकको तुलनामा घटेको छ । १०.८३ रहेको योजनाको यो मूल्य मंसिर महिनामा १०.५६ कायम भएको हो । धितोपत्र बजार सूचीकृत हुन बाँकी  धितोपत्रमा योजनाले गरेको  लगानीको परल मूल्य २६ करोड ४२ लाख ६ हजार  रहेको छ । योजनाले  गरेको  लगानीको बजार मूल्य भने  ३३ करोड ८९ लाख ७ हजार छ ।