१० मंसिर, २०८१ सोमबार
06:36:31 AM
२५ बैशाख, २०७९
प्रत्येक रिफरमा प्रयोगकर्ताले ५० रुपैयाँ कमाउने
काठमाण्डौं । खल्तीले अतिरिक्त आम्दानी गर्ने तरिकाहरूमा रुचि राख्ने व्यक्तिहरूका लागि खल्तीले बैंक लिंक रिफर गरी कमाउन सकिने अफर ल्याएको छ।
कम्पनीका अनुसार यस अफरमा खल्ती केवाईसी प्रमाणित भएका जो कोहीले आफ्नो–आफ्नो परिवार र साथीभाइलाई बैंक खाता लिंक गर्न रिफर गरि आम्दानी गर्न सक्नेछन् ।
प्रत्येक रिफरमा प्रयोगकर्ताले ५० रुपैयाँ कमाउनेछन् । खल्तीमा बैंक लिंक गर्ने अफर रिफर गर्नेका साथै आफ्नो बैंक खाता लिंक गर्ने प्रयोगकर्ताहरूका लागि पनि राम्रो अवसर भएको कम्पनीले जनाएको छ ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भन्नुभयो, ‘बैंक लिङ्क भुक्तानी सहज गर्ने सुविधा हो जुन हाम्रा प्रयोगकर्ताहरूले एकदमै मनपराएका छन् । यसले वालेट लोड गर्नेहरूको समय बचत गर्छ र भुक्तानी गर्न लाग्ने समय बचत गर्छ । यस सुविधालाई थप प्रयोगकर्ता माझ पुर्याउन बैंक लिङ्क गर्न प्रोत्साहित गर्न रिफर एण्ड अर्न अफर ल्याएका हौं ।’
केहि सेकेन्ड मै बैंक खाता लिंक गरि प्रयोगकर्ताहरूले आफ्नो वालेटमा बिना लोड भुक्तानी गर्न सक्नेछन् । यो सेवा समय बचत गर्नको लागि लोकप्रिय सुविधा हो ।
यस्तै प्रयोगकर्ताले ‘खल्ती’मा एभरेष्ट बैंक वा माछापुच्छ्रे बैंक खाता लिंक गरेमा एक सय रुपैयाँ बोनस र स्मार्टफोन जित्ने अवसर पनि प्राप्त गर्न सक्नेछन् ।