७ मंसिर, २०८१ शुक्रबार
12:02:57 PM
१३ पुस, २०७८
७ हजार ७ सय ७५ जनाले रोजगारी पाउने
काठमाण्डौं, पुस १३
चालु आर्थिक वर्षको पाँच महिनामा २९ अर्ब ९५ करोड २० हजार रुपैयाँ बराबको विदेशी लगानी भित्रिएको छ । साउनदेखि मंसिर मसान्तसम्म उद्योग विभागमा १ सय २२ वटा आयोजनाका लागि सो बराबरको विदेशी लगानी भित्रिएको छ ।
विभागको तथ्याङक अनुसार १ सय २२ वटा आयोजनाको कुल लागत ३० अर्ब ३१ करोड २ लाख ७० हजार रुपैयाँ रहेको छ । लगानी बाट ७ हजार ७ सय ७५ जनाले रोजगारी पाउने भएका छन । विदेशी लगानी सबैभन्दा धेरै पर्यटन क्षेत्रका ५५ वटा आयोजनाका लागि रहेको छ । पर्यटन क्षेत्रका लागि ९ अर्ब ५५ करोड ४ लाख रुपैयाँ विदेशी लगानी ५० हजार रुपैयाँ रहेको छ । जसबाट ३ हजार ४ सय ४४ जनाले रोजगारी पाउने भएको छन
कृषि तथा वन आधारित आयोजनाका लागि ६० करोड रुपैयाँ विदेशी लगानी भित्रिएको छ । आयोजनाबाट ३ सय ३३ जनाले रोजगारी पाउने भएका छन । जल विद्युतमा एक उद्योग सञ्चालनका लागि ५६ लाख २० हजार रुपैयाँ विदेशी लगानी भित्रिएको छ । आयोजनाको लागत भने २० करोड ६ लाख २० हजार रुपैयाँ रहेको छ । आयोजनाबाट ५३ जनाले रोजगारी पाउने भएको छन ।
सूचना प्रविधिको क्षेत्रका ६ आयोजनाका लागि ४५ करोड रुपैयाँ बराबरको विदेशी लगानी भित्रिएको विभागको तथ्यांकमा उल्लेख छ । जुन आयोजनाको कुल लागत ४५ करोड रुपैयाँ छ । आयोजनाबाट ५ सय ३६ जनाले रोजगारी पाउने भएका छन ।
निमार्णका १९ आयोजनाहरुका लागि ३ अर्ब२४ करोड रुपैयाँ विदेशी भित्रिएको हो । आयोजनाको कुल लागत भने ३ अर्ब २५ करोड रुपैयाँ छ । १ हजार ४ सय ८१ जनाले रोजगारीपाउने छन । विभागका अनुसार सेवा मुलक ३७ क्षेत्रका उद्योगका लागि १६ अर्ब ५ करोड विदेशी लगानी भित्रिएको हो । आयोजनाको कुल लागत १६ अर्ब १ करोड ५ लाख रुपैयाँ रहेको छ । १ हजार ९ सय ३९ जनाले रोजगारी पाउने छन ।