८ मंसिर, २०८१ शनिबार

07:05:49 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बैंक अफ काठमाण्डले आफ्ना ग्राहकहरुलाई विभिन्न स्थानहरुमा ४५ प्रतिशतसम्म छुट उपलब्ध गराउने

Nepal Business

२३ बैशाख, २०७९

अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिक अन्र्तगत वित्र्तामोडको मेडिसिटी फार्मेसीमा १० प्रतिशत, जनकपुरको रामजानकी हस्पिटलमा १५ प्रतिशत छुट, इमाडोलको नमो मनोकामना डेन्टल एण्ड क्लिनिकमा २५ प्रतिशत छुटको ब्यवस्था गरिएको

 बैंक अफ काठमाण्डले आफ्ना ग्राहकहरुलाई विभिन्न स्थानहरुमा ४५ प्रतिशतसम्म छुट उपलब्ध गराउने

काठमाण्डौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधाका लागि विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम÷फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकहरुसँग सम्झौता गरेको छ ।

बैंकले ग्राहकहरुलाई देशका विभिन्न स्थानहरुमा ४५ प्रतिशतसम्मको छुट उपलब्ध गराउन विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम÷फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकहरुसंग सम्झौता गरेको हो । 

बैंकले आफ्ना कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई विभिन्न छुट दिदै आएको छ । 

सम्झौता पश्चात् बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले होटल तथा रेस्टुरेन्ट अन्र्तगत एयरपोटचोक विराटनगरमा पर्पल हेज रेष्ट्रो एण्ड गार्डेन, १५ प्रतिशत, विर्तामोडको मिठो रेष्टुरेन्ट एण्ड थकाली किचन १० प्रतिशत छुट, इमाडोलको नोबेल होटल एण्ड स्विमिङ कम्प्लेक्समा १० प्रतिशत छुट पाउनेछन् ।

त्यस्तै, यस बैंकका ग्राहकहरुलाई वित्र्तामोडको मिटिङ पोइन्ट रेष्टुरेन्ट एण्ड बारमा ५ प्रतिशत, चितवनको होटल इर्थ लाइटमा २० प्रतिशत, इमाडोलको चिकेन स्टेशनमा १० प्रतिशत र सोहि ठाउँको सोलमारी रेष्ट्रो एण्ड मिटिङमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ ।

अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिक अन्र्तगत वित्र्तामोडको मेडिसिटी फार्मेसीमा १० प्रतिशत, जनकपुरको रामजानकी हस्पिटलमा १५ प्रतिशत छुट, इमाडोलको नमो मनोकामना डेन्टल एण्ड क्लिनिकमा २५ प्रतिशत छुटको ब्यवस्था गरिएको छ ।

बुटिक अन्र्तगत बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले विराटनगरको पिपलचोकमा रहेको तानासा फेशन स्टुडियोमा १५ प्रतिशत छुट पाउनेछन् ।

जिम/फिटनेस सेन्टर अन्र्तगत सेप फिटनेश जिम ढल्कोमा विभिन्न योजनाहरुमा ४५ प्रतिशतसम्मको छुट रहेको छ । 

उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नु पर्नेछ ।

हालसम्म बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुले देशका विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम÷फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकमा विशेष छुटको उपभोग गर्न सक्नेछन् ।