१७ बैशाख, २०८१ सोमबार

01:15:08 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम यूएसडीएमा नबिल बैंक सूचीकृत

Nepal Business

२३ बैशाख, २०७९

यूएसडीए द्वारा संचालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम GSM 102 अन्तर्गत बैंकलाई सूचीकरण

एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम यूएसडीएमा नबिल बैंक सूचीकृत

काठमाण्डौं । नबिल बैंक र ‘यूएस डिपाट्मेन्ट अफ एग्रिकल्चर (यूएसडीए)बीच सम्झौता भएको छ । 

यूएसडीए द्वारा संचालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम GSM 102 अन्तर्गत बैंकलाई सूचीकरणका लागि यूएडीएसँग सम्झौता गरेको हो । 

नबिल बैंक यूएडीए कार्यालयबाट गरिएको उच्चस्तरीय मुल्याकंनपछि यस कार्यक्रम अन्तर्गत सूचीकृत हुने नेपालको पहिलो र एकमात्र बैंक हो ।

यो व्यवस्थासँगै नबिल बैंकले यूएडीएबाट निर्यात क्रेडिट ग्यारेन्टी सीमाको सुविधा प्रयोग गर्न सक्नेछ ।

यूएडीए कार्यक्रम अन्तर्गत सामानहरू आयात गर्न नबिल बैंकले आफ्ना ग्राहकहरूको तर्फबाट जारी गरेको प्रतित पत्रमा तेस्रो बैंकहरूबाट प्रमाणीकरण गरिरहनु नपर्ने जनाएको छ । 

यस व्यवस्था अन्तर्गत अमेरिकी निर्यातकर्ताहरूले नबिल बैंकले जारी गरेको अपरिवर्तनीय प्रतित पत्र मार्फत सोझै अमेरिकी बैंकहरूबाट वित्तीय सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।