७ मंसिर, २०८१ शुक्रबार
06:58:47 PM
२३ बैशाख, २०७९
नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो ।
काठमाण्डौ । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच हुने मर्जरका लागि दुवै बैंकले विशेष साधारण सभा बोलाएका छन् ।
दुवै बैंकको सञ्चालक समितिको बैठकले मर्जको प्रमुख प्रस्ताव सहित एकै दिन अर्थात जेष्ठ ७ गते शनिवारका लागि विशेष साधारणसभा बोलाएका छन् ।
नविल बैंकको साधाराण सभा भौतिक र अनलाईन दुवै तरिकाबाट हुने जनाइएको छ भने बंगलादेश बैंकको साधारण सभा अनलाईनका माध्यमबाट हुने भएको छ ।
नविल बैंकको भौतिक रुपमा ग्रह्रीधाराको एक बैंङक्वेटमा साधारण सभा बोलाइएको छ । अफ काठमाण्डौं नविल बैंकमा गाभिएसंगै नेपालको सबैभन्दा ठूलो बैंक बन्ने जनाइएको छ ।
नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो ।
एनबी बैंकको एक्विजिसन पश्चात् नबिल बैंक चुक्ता पुँजी, कर्जा लगानी, निक्षेप परिचालन, खुद मुनाफा तथा अन्य वित्तीय सूचकहरूमा अग्रणी बैंकको रूपमा स्थापित हुने देखिन्छ ।
नबिल बैंकको चुक्ता पुँजी करिब १८ अर्ब ५० करोड र एनबी बैंकको करिब १० अर्ब ९ करोड भन्दा बढि रहेको छ ।