८ मंसिर, २०८१ शनिबार

12:43:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गठबन्धन विकास र समृद्धिको आवश्यकता हो : अध्यक्ष दाहाल

Nepal Business

२२ बैशाख, २०७९

जनताले उत्साहपूर्ण ढङ्गले भोट हालेर यो टिमलाई विजयी गराउनुभयो भने म उत्साहित हुनेछु र यो गठबन्धनलाई १०/२० वर्ष लैजाने मेरो प्रतिबद्धता हुनेछ

गठबन्धन विकास र समृद्धिको आवश्यकता हो : अध्यक्ष दाहाल

चितवन,

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकास समृद्धि र जनताको आवश्यकताका कारण गठबन्धन बनेको बताउनुभएको छ । 

पाँच दलीय गठबन्धनले विहिबार भरतपुरमा आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै उहाँले साथ सहयोग रह्यो भने गठबन्धन धेरै परसम्म जान सकिने नत्र दुर्घटनामा पर्ने चेतावनी पनि दिनुभयो ।

पाँच दलीय गठबन्धनले विहिबार भरतपुरमा आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै उहाँले साथ सहयोग रह्यो भने गठबन्धन धेरै परसम्म जान सकिने नत्र दुर्घटनामा पर्ने चेतावनी पनि दिनुभयो ।

उहाँले भन्नुभयो , “यो जनताको आवश्यकता हो, विकास र समृद्धिको आवश्यकता हो भनेर चितवनवासी जनताले उत्साहपूर्ण ढङ्गले भोट हालेर यो टिमलाई विजयी गराउनुभयो भने म उत्साहित हुनेछु र यो गठबन्धनलाई १०/२० वर्ष लैजाने मेरो प्रतिबद्धता हुनेछ ।”

गठबन्धन कमजोर भयो भने देश दुर्घटनामा जाने भन्दै उहाँले भन्नुभयो, “गठबन्धन कमजोर पार्न खोज्नुभयो भने म त अब दायाँबायाँ गर्दिन, देश दुर्घटनामा पर्ने खतरा छ, त्यसको जवाफ अहिले गठबन्धनको विरोधमा जानेले दिनुपर्छ ।”

 रेनु दाहाल र चित्रसेन अधिकारीको टिमलाई अनुमोदन गरे १०/२० वर्ष गठबन्धनलाई कायम राख्ने उहाँको प्रतिबद्धता थियो । उहाँले विसं २०४६ देखि कम्युनिष्ट र कांग्रेसबीच सहकार्य हुँदै आएको स्मरण गराउनुभयो ।

उहाँले भन्नुभयो, “तपाईहरुले अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो, गणतन्त्र र लोकतन्त्रको आवश्यकता हो, देशको विकास र समृद्धिको आवश्यक हो भन्ने नबुझेर हालिँदैन हँसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ ।” उहाँले गठबन्धन राष्ट्रको आवश्यकता रहेको बताउनुभयो ।