८ बैशाख, २०८१ शनिबार

08:45:41 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जग्गा प्राप्ति नहुँदा प्रदेश गौरवका योजनामा अवरोध : मुख्यमन्त्री पोखरेल

Nepal Business

२२ बैशाख, २०७९

फेवातालमा फुटट्र्याक निर्माण गर्न सके पोखरामा पर्यटकको बसाइ अवधि लम्ब्याउन सकिने उहाँको भनाइ थियो

जग्गा प्राप्ति नहुँदा प्रदेश गौरवका योजनामा अवरोध : मुख्यमन्त्री पोखरेल

काठमाडौ,

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका योजनाका लागि जग्गा प्राप्ति नहुँदा योजनामा अवरोध भएको बताउनुभएको छ । 

प्रदेशको अर्थ मन्त्रालयले विहिबार पोखरामा आयोजना गरेको बजेटसम्बन्धी छलफलमा उहाँले सङ्घ सरकारले अहिले पनि जग्गा उपलब्ध गराउन नसकेकाले धेरै विकासका योजनाहरु प्रभावित भएको उल्लेख गर्नुभयो । 

प्रदेशको अर्थ मन्त्रालयले विहिबार पोखरामा आयोजना गरेको बजेटसम्बन्धी छलफलमा उहाँले सङ्घ सरकारले अहिले पनि जग्गा उपलब्ध गराउन नसकेकाले धेरै विकासका योजनाहरु प्रभावित भएको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, “सरकारसँग जग्गा प्राप्तिका लागि माग गरेको लामो समयसम्म पनि प्राप्त नहुँदा विकासमा अवरोध उत्पन्न भएको छ । सरकार परिवर्तन भए पनि नीति नियम अझै परिवर्तन हुन नसक्दा सोचेअनुसार विकास गर्न सकिएन ।”

अर्थमन्त्री रामजीप्रसाद बरालले नयाँपन दिनुपर्ने, अनिवार्य दायित्व र बहुवर्षीय योजनालाई प्राथमिकता दिने गरी बजेटको तयारी गरिएको बताउनुभयो ।

उहाँले प्रदेशलाई बलियो बनाउनु सबैको दायित्व भएकाले सकारात्मक सुझावको अपेक्षा सरकारको रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै सरकारले विकास बजेट खर्च गर्न नसकेकाले देशमा हाल आर्थिक तरलता भएको बताउनुभयो ।

प्रदेश र स्थानीय तहको करिब साढे तीन खर्ब बजेट सरकारी बैंकमा रहेको उल्लेख गर्दै कोरोना र हालको अर्थतन्त्रलाई चलायमान बनाउन छोटो समयमा ठूलो नतिजा ल्याउन नमूना कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा पुष्परमण वाग्लेले दसैँ पर्वका लागि मात्र घर जाने उद्देश्यले निर्माण हुने सडक निर्माण कार्यलाई रोक्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा पुष्परमण वाग्लेले दसैँ पर्वका लागि मात्र घर जाने उद्देश्यले निर्माण हुने सडक निर्माण कार्यलाई रोक्नुपर्ने बताउनुभयो ।

फेवातालमा फुटट्र्याक निर्माण गर्न सके पोखरामा पर्यटकको बसाइ अवधि लम्ब्याउन सकिने उहाँको भनाइ थियो । 

अर्थशास्त्री डा लेखनाथ भट्टराईले परियोजना बैंक अवधारणमा विकास योजना केन्द्रित हुनुपर्ने बताउँदै तथ्याङ्क अभावले गर्दा विकास निर्माणका काममा कठिनाइ भएको उल्लेख गर्नुभयो ।

पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षत्रीले महत्वकांक्षी योजना नहुने गरी यथार्थमा आधारित बजेट ल्याउन सुझाव दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले अहिलेको अवस्थाले देशको अर्थतन्त्र अघि बढ्न नसक्ने बताउनुभयो । 

उहाँले आपूर्ति व्यवस्था र सहुलियतका लागि प्रदेशका ८५ पालिकामा सुपथ मूल्यका पसल सञ्चालन गर्ने गरी योजना बनाउन आग्रह गर्नुभयो ।