८ मंसिर, २०८१ शनिबार

06:41:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एनएमवी बैँक र केयुकेएलबीच सम्झौता, खानेपानी महसुल एपबाटै तिर्न सकिने

Nepal Business

२२ बैशाख, २०७९

एनएमबि दि फिनान्सियल टाईम्स लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ प्राप्त गरेको बैंक हो ।

एनएमवी बैँक र केयुकेएलबीच सम्झौता, खानेपानी महसुल एपबाटै तिर्न सकिने

काठमाडौँ, 

एनएमबि बैंकमार्फत ओम्नी च्यानल एप तथा वेब साइटको प्रयोग गरी काठमाडौँ उपत्यकामा खानेपानीको महशुल तिर्न सक्ने व्यवस्था मिलाएको छ । 

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) सँग उक्त बैंकले सो सम्बन्धी सम्झौतापत्रमा समेत हस्ताक्षर गरेको छ । सो सम्झौतासँगै अब एनएमबि बैंकको ग्राहकले एप बाटै महसुस भुक्तानी गर्न सक्ने छन् ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) सँग उक्त बैंकले सो सम्बन्धी सम्झौतापत्रमा समेत हस्ताक्षर गरेको छ । सो सम्झौतासँगै अब एनएमबि बैंकको ग्राहकले एप बाटै महसुस भुक्तानी गर्न सक्ने छन् ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ ग्राहकलाई दिँदै आइरहेको छ । 

एनएमबि दि फिनान्सियल टाईम्स लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ प्राप्त गरेको बैंक हो । 

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ गरी चार पटक उक्त पत्रिकाद्वारा नेपाल कै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकको छ । 

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।