६ मंसिर, २०८१ बिहिबार
06:35:08 PM
२२ बैशाख, २०७९
मुलुकको अर्थतन्त्रको आकारभन्दा कर्जा विस्तार बढि हुँदा घरजग्गालगायत अनुत्पादक क्षेत्रमा लगानी बढ्दै गएको छ ।
अर्थतन्त्र देशमा हुने हरेक आर्थिक कृयाकलापको योग हो । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) देशको सीमाना भित्र एकवर्षको अवधिमा उत्पादन भएको वस्तु तथा सेवाको बजार मूल्यलाई मानिन्छ । आर्थिक कृयाकलापले मुलुकको अर्थतन्त्रलाई निर्देशित गरिरहेको हुन्छ ।
पछिल्ला वर्षहरुमा बैंकहरूले कर्जा विस्तारलाई उच्च बनाउँदै लगेका छन् । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा कर्जा विस्तार उच्च हुँदा अर्थतन्त्र ओभर फाइनान्सिङको अवस्थामा पुगेको विज्ञहरुले बताइरहेका छन् ।
मुलुकको अर्थतन्त्रको आकारभन्दा कर्जा विस्तार बढि हुँदा घरजग्गालगायत अनुत्पादक क्षेत्रमा लगानी बढ्दै गएको छ । यसका लागि राष्ट्र बैंकले नीतिगत व्यवस्थाबाटै कर्जा विस्तारलाई निरुत्साहित गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।
के हो ओभर फाइनान्सिङ ?
बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने अधिक पूँजी नै वास्तवमा ओभर फाइनान्सिङ हो । नीतिगत कमिकमजोरीका कारण बैकहरुमा थुप्रिन जाने रकम जसले लगानीको उचित गन्तव्य पाइरहेको हुँदैन । यो उत्पादनमूलक क्षेत्र भन्दापनि अनुत्पादन क्षेत्रमा बढि प्रवाहित भैरहेको हुन्छ ।
बैंकहरुमा अधिक पूँजी थुप्रिन पुग्दा बैंकहरु उत्पादन मूलक, रोजगारी मूलक क्षेत्र पहिचान भन्दापनि कर्जा लगानीमै आँतुर हुन्छन् । त्यसैकारणले हाल नेपालको अर्थतन्त्रमा ओभर फाइनान्सिङ भैरहेको छ । जसले गर्दा घरजग्गाको मूल्यवृद्धि र अत्यधिक आयातमा कर्जा प्रयोग भएको छ ।
नेपाल राष्ट्र बैंकले बैंकहरूको पूँजी वृद्धि गर्दा बैंकमा पूँजी थुप्रिएको र लगानीकर्ताको प्रतिफल पनि घट्दै गएको विज्ञहरुले बताइरहेका छन् । कर्जा विस्तार हुँदा नेपाली अर्थतन्त्रमा ओभर फाइनान्सिङ भएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।
अर्थतन्त्रको आकारभन्दा बढी कर्जा विस्तार हुँदा घरजग्गालगायत अनुत्पादक क्षेत्रमा लगानी बढेको भन्दै राष्ट्र बैंकले नीतिगत व्यवस्थाबाटै कर्जा विस्तारलाई निरुत्साहित गर्नुपर्ने उनीहरूको सुझाव छ ।
बैंकहरुमा अधिक पूँजी थुप्रिन पुग्दा बैंकहरु उत्पादन मूलक, रोजगारी मूलक क्षेत्र पहिचान भन्दापनि कर्जा लगानीमै आँतुर हुन्छन् । त्यसैकारणले हाल नेपालको अर्थतन्त्रमा ओभर फाइनान्सिङ भैरहेको छ ।
कोभिडलगत्तै राष्ट्र बैंकले विस्तारकारी मौद्रिक नीति ल्याएर कर्जा विस्तारमा प्रोत्साहन गरे पनि अब त्यसलाई घटाउदै लगिएन भने समस्या ल्याउने उहाँहरुको सुझाव छ । विगतमा ऋणयोग्य रकम अभावमात्र भएकोमा यसपालि त तरलता संकट (लिक्विडिटी क्रन्च) को अवस्था देखिएको उहाँहरुले बताउनु भयो ।
तत्काल तरलता अभावको समस्या समाधान हुने अवस्था नरहेको भन्दै आन्तरिकभन्दा बाह्य स्रोत ल्याएर तरलता अभाव हटाउनुपर्ने कार्यक्रममा बोल्दै नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा एमएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताउनु भयो ।
उहाँले राष्ट्र बैंकको नियमनअनुसार नै बैंकहरूले कर्जा लगानी गरेको भन्दै ५० प्रतिशत कर्जा उत्पादनमूलक क्षेत्रमा प्रवाह गरेको दाबी गर्नुभयो ।
ओभर फाइनान्सिङ उत्पादनमूलक अर्थतन्त्रका लागि वरदान होइन । यसले व्यक्तिगत फाइदा र व्यक्तिवादी अर्थतन्त्रलाई निर्देशित गर्दछ ।
नेपाल उद्योग, वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारको राजस्वमुखी नीतिका कारण अर्थतन्त्रको विकास नभएको विषयलाई औंल्याउनु भयो ।
अर्थतन्त्रमा समस्या देखिनुमा निजीक्षेत्रलाई दोष छैन, निजीक्षेत्रले कति रोजगारी सृजना ग¥यो भन्दा पनि कति राजस्व ति¥यो भनेर मूल्यांकन गरिन्छ, उहाँले भन्नुभयो । राजस्वलाई लक्ष्य बनाएर हिंडुन्जेल आर्थिक अवस्थामा सधैं दबाब परिरहने उहाँले बताउनु भयो ।
ओभर फाइनान्सिङ उत्पादनमूलक अर्थतन्त्रका लागि वरदान होइन । यसले व्यक्तिगत फाइदा र व्यक्तिवादी अर्थतन्त्रलाई निर्देशित गर्दछ । रोजगारी र सेवाको क्षेत्रमा यसको प्रभाव न्यून हुन्छ । यसले बजारलाई उत्पादन मुखि बनाउनु भन्दपनि स्थिर सम्पतीको संकलनमा बढि जोड दिन्छ ।