४ जेठ, २०८१ शुक्रबार

11:49:54 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यातायातमा विचौलियाको दाईँ, पक्राउ परे नौ बिचौलिया

Nepal Business

१२ पुस, २०७८

यातायातमा विचौलियाको दाईँ, पक्राउ परे नौ बिचौलिया

काठमाडौँ, १२ पुस । यातायात व्यवस्था विभाग गुर्जुधाराबाट आज नौ बिचौलिया पक्राउ परेका छन् । उनीहरुको दाई चल्दै आएकामा प्रहरीले विशेष सूचना संकलन गरी उनीहरुलाई पक्राउ गरेका हुन् ।

  चन्द्रागिरि नगरपालिका–५ स्थित यातायात व्यवस्था विभाग गुर्जुधारामा लाइसेन्स, ब्लु–बुकलगायत कागजातको राजस्व तिर्न गएका सर्वसाधारणलाई हैरानी बनाएका उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । 

परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले राजस्वमा लाग्ने दस्तुरभन्दा बढी दस्तुर लिन खोजी छिटोछरितो काम गरिदिने बहानामा जबरजस्ती गरी अनावश्यक हैरानी दिएकाले उनीहरुलाई पक्राउ गरिएको हो । 

उक्त सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले शङ्कास्पद नौ जनालाई नियन्त्रण लिई वृत्त थानकोटबाट थप अनुसन्धानका लागि पठाइएको परिसरले आज एक सूचना जारी गरी जनाएको छ ।