८ मंसिर, २०८१ शनिबार
07:11:47 AM
२२ बैशाख, २०७९
दुई शाखासहित यस विकास बैंकले देशको ७ वटै प्रदेशमा ८१ वटा शाखामार्फत कारोबार गर्दै आएको
काठमाण्डौं । लुम्बिनी विकास बैंक लिमिटेडले नयाँ शाखा संचालनमा ल्याएको छ । बैंककले काठमाडौँको कलंकीमा ८० औँ शाखा र नुवाकोटको विदुर नगरपालिका–२ बट्टारमा ८१ औँ शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकको कलंकी शाखाको उद्घाटन विकास बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालले गर्नुभयो भने बट्टार शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई र नुवाकोट उद्योग वाणिज्य सघंका अध्यक्ष ताराबहादुर कार्कीले संयुक्त रुपमा गर्नुभयो ।
दुई शाखासहित यस विकास बैंकले देशको ७ वटै प्रदेशमा ८१ वटा शाखामार्फत कारोबार गर्दै आएको छ।
भविष्यमा कपिलवस्तुको चन्द्रौटा,बर्दियाको ताराताल, कैलालीको लम्की र मसुरिया एवं कञ्चनपुरको बाणीसमेत गरी थप ५ शाखा खोल्नको लागी तयारी गरेको बैंकले जनाएको छ ।