७ मंसिर, २०८१ शुक्रबार
09:41:57 AM
२२ बैशाख, २०७९
सौर्य मिनी ग्रिड परियोजनाहरुमा निर्माण सम्बन्धमा सम्झौता भएको
काठमाण्डौं । ग्लोबल आइएमई बंैक लिमिटेड तथा वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रबीच विभिन्न सौर्य मिनी ग्रिड परियोजनाहरुमा निर्माण सम्बन्धमा सम्झौता भएको छ ।
सो सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य तथा वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा.मधुसुधन अधिकारीले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौता अनुसार नेपाल सरकार तथा वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रबीच ‘प्राइभेट सेक्टर लिड मिनी–ग्रिड इनर्जी एक्सेस प्रोजेक्ट’ सम्बन्धमा सम्पन्न भएको सहायक ऋण सम्झौता बमोजिम आयोजना कार्यान्वयनको लागि केन्द्रले बैंकलाई रकम उपलब्ध गराउने छ ।
उक्त रकम बैंकले १०० (केडब्लुपी) सौर्य मिनी ग्रिड परियोजना निर्माण/जडान तथा विद्युत वितरण कार्यको लागि ऋणको रूपमा उपलव्ध गराउने छ ।
बैंकले यस्ता किसिमका परियोजनाहरुमा लगानी गर्नुका साथ–साथै साना तथा मझौला व्यवसायलाई प्रबद्र्धन गर्न विभिन्न वित्तीय सुविधाहरु प्रदान गर्दै व्यवसाय बृद्धिको लागि सहयोग गर्ने लक्ष्य अनुसार यस सम्भौता अन्तर्गत देशको दुर दराजमा सञ्चालन हुने साना परियोजनाहरु विभिन्न बैंकिङ्ग सुविधा प्रदान गर्ने छ ।
बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८८ शाखा, २५२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८७० सेवा केन्द्रबाट २८ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रका नायव कार्यकारी निर्देशक नवराज ढकाल तथा अन्य पदाधिकारी एवं बैंकका अन्य उच्चपदस्त कर्मचारीहरुको उपस्थिति रहेका थियो ।