८ मंसिर, २०८१ शनिबार

06:41:22 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

न्यून निक्षेप संकलन, तीन गुणा कर्जा प्रवाह

Nepal Business

२२ बैशाख, २०७९

यस अवधिमा बैंकको कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो ९०.९९ प्रतिशत रहेको नेपाल बैंकर्स संघले बताएको छ ।

न्यून निक्षेप संकलन, तीन गुणा कर्जा प्रवाह

काठमाण्डौं । एक हप्तामा वाणिज्य बैंकहरुले  कुल १ अर्ब रुपैयाँ मात्रै निक्षेप संकलन गरेका छन् । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार एक हप्ताको अवधिमा बैंकिङ प्रणालीमा १ अर्ब रुपैयाँ निक्षेप संकलन भएको  हो । तर यस अवधिमा बैंकहरुको कर्जा प्रवाह भने ३ अर्ब रुपैयाँ भएको छ ।

बैशाख ९ गतेसम्म ४३ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा एक हप्ताको अवधिमा १ अर्ब रुपैयाँ थपिएर १६ गतेसम्म आइपुग्दा निक्षेप ४३ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ ।

यसैगरी यो अवधिमा कर्जा प्रवाह ३ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ । वैशाख ९ गते अगाडिसम्म बैंकबाट ४१ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

 यस अवधिमा बैंकको कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो ९०.९९ प्रतिशत रहेको नेपाल बैंकर्स संघले बताएको छ ।