३० कार्तिक, २०८१ शुक्रबार
06:43:06 AM
२२ बैशाख, २०७९
कुवँरले नेपाल राष्ट्र बैंक भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेल समक्ष पद तथा गोपनियताको सपथ
काठमाण्डौं । इसेवा प्रा.लि.को अध्यक्षमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त हुनुभएको छ । नवनियुक्त अध्यक्ष कुवँरले नेपाल राष्ट्र बैंक भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेल समक्ष पद तथा गोपनियताको सपथ लिनुभएको हो ।
बैंकिङ्ग क्षेत्रमा करिब साढे तीन दशक अनुभव सगालेका कुँवरले सन् १९८६ देखि तत्कालिन ग्रिण्डलेज ( हाल स्टाण्डर्ड चाटर्ड ) बैंक लिमिटेडबाट बैंकिङ्ग करियर सुरु गर्नुभएको थियो ।
त्यसपछि उहाँले नेपाल बैंक र सिटिजन्स् बैंक इन्टरनेशनलमा काम गर्नुभएको थियो । बैंक अफ एशिया, जनता बैंक र ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्नुभयो ।
सन् २०२० को जुलाईमा ग्लोबल आइएमई बैंंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकास लिनुभयो ।