१७ बैशाख, २०८१ सोमबार

05:46:31 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बाह्य क्षेत्रको कारण मुद्रा सञ्चिति दबाबमा

Nepal Business

२२ बैशाख, २०७९

पछिल्ला दिन बाह्य अवस्थामा दबाब रहेपनि आर्थिक बृद्धिदर ५.८ प्रतिशत पुगेको छ ।

बाह्य क्षेत्रको कारण मुद्रा सञ्चिति दबाबमा

काठमाण्डौं । कोरोना महामारीबाट थलिएको अर्थतन्त्र विस्तारै आफ्नो लयमा फर्किरहेको छ । यसबीचमा वस्तु तथा सेवाको उत्पादनमा आएको कमिका कारण विश्वमा आयात निर्यातको गति बढ्न पुग्यो । नेपालमा पनि योबीचमा वस्तु आयात अधिक हुन पुग्यो र रेमिट्यान्सको योगदान आयातमा पर्न गयो ।

 नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीका अनुसार बाह्य क्षेत्र नै अहिलेको लागि सबै भन्दा चुनौतीको विषय रहेको छ । आयातको वृद्धिलाई निर्यातको आकारले धान्न सक्दैन । निर्यातले आयातलाई धान्न नसक्ने हुँदा रेमिट्यान्सको योगदान आयातमा परेको छ । मुलुकको सबैभन्दा ठूलो चुनौती यही हो ।आयातको आकारलाई साँघुरो बनाउन र निर्यात बढाउने आधार अझै बनाउन सकिएको छैन, उहाँले बताउनु भयो ।  

वैदेशिक रोजगारीमा गएका नेपालीको विप्रेषणले आयातलाई सँधै धान्न सक्दैन । यस विषयमा सजग हुन आवश्यक छ । आयातको विकल्प खोज्नु जरूरी छ आयात गरेपनि अत्यावश्यक वस्तुमात्र गर्नुपर्छ ।

नेपालमा आयात अत्यन्तै सहज भएका कारण शोधानानन्तर नोक्सानीमा रहेको हो । आयात सहज भएकै कारण चालु खातासमेत घाटामा पुगेको र खुद मुद्रा सञ्चितिमा उल्लेख्य दबाब पुगेको छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीको विप्रेषणले आयातलाई सँधै धान्न सक्दैन । यस विषयमा सजग हुन आवश्यक छ । आयातको विकल्प खोज्नु जरूरी छ, आयात गरेपनि अत्यावश्यक वस्तुमात्र गर्नुपर्छ ।

अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ । विगत दुई वर्ष अन्य आर्थिक सूचकांक राम्रो भएपनि आर्थिक वृद्धि भने अपेक्षा अनुसार हुन सकेको छैन । कोभिड पश्चात चलायमान भएको अर्थतन्त्रले आर्थिक वृद्धि बढाउने अनुमान भएपनि लक्ष्य अनुसार हुन सकेको छैन ।

पछिल्ला दिन बाह्य अवस्थामा दबाब रहेपनि आर्थिक बृद्धिदर ५.८ प्रतिशत पुगेको छ ।

पछिल्लो १० वर्षको औसतलाई मूल्यांकन गर्दा आर्थिक वृद्धिको दर सन्तोषषजनक नै रहेको छ । यद्यपि आर्थिक वृद्धिलाई सबल बनाउन थप प्रयास आवश्यक रहेको छ । सरकारले चालु वर्ष आर्थिक वृद्धि लक्ष्य ७ प्रतिशत राखेको छ ।

इन्धन मूल्यमा देखिएको अत्यधिक मूल्य वृद्धिले विश्व बजारमा मुद्रास्फीति बढेको भन्दै त्यसको असर नेपालमा पनि परेको छ । अमेरिकामा ४० वर्षपछि ८ प्रतिशतको मुद्रास्फीति रहेको छ ।

प्रणालीमा अत्यधिक मुद्रा आपूर्ति भएको कारण मात्र नभई इन्धन मूल्यको वृद्धिले अधिकांश विश्व बजारमा मुद्रास्फीति बढ्न पुगेको छ ।