२१ बैशाख, २०८१ शुक्रबार

11:01:59 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कृषि विश्वविद्यालयलाई ३१ करोड अनुदान

१२ पुस, २०७८

कृषि अध्ययन अनुसन्धानलाई प्राथमिकता

कृषि विश्वविद्यालयलाई ३१ करोड अनुदान



काठमाण्डौं, पुस १२
जनकपुर प्रदेश सरकारले सप्तरीमा स्थापना हुन लागेको कृषि विश्वविद्यालयलाई ३१ करोड अनुदान दिने भएको छ। 

सरकारले २७ मंसिरमा  विश्वविद्यालयको कार्यालयस्थापना गर्ने निर्णय गरी कुलपति समेत नियुक्त गरिसकेको छ। 

बजेट अभावले निर्माण कार्य अगाडि बढ्न नसकेको भन्दै मन्त्रिपरिषद्ले अनुदान दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र साहले अनुदान रकम निकासा भए लगत्तै विश्वविद्यालयको काम अगाडि बढ्ने बताए। 

प्रादेशिक व्यवस्थापनमा उच्चस्तरीय कृषि जनशक्ति तयार गर्न, कृषि तथा पशु विज्ञान अध्ययन तथा अनुसन्धानलाई समयसापेक्ष बनाउन विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको सरकारले बताउँदै आएको छ।