८ मंसिर, २०८१ शनिबार
07:17:45 AM
२१ बैशाख, २०७९
गत बर्ष आर्थिक वृद्धिद ५.८ रहदा यस बर्षको ५.५ प्रतिशतलाई सन्तोषजनक नै मान्नुपर्ने बताउनुभयो ।
काठमाण्डौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ब्याजदर बढ्ने बताउनु भएको छ।
बुधाबार चार्टर्ड एकाउन्टेन्ट्स संस्था अफ नेपाल (आईक्यान)ले आयोजना गरेको लेखा व्यवसायी सम्मेलनमा अधिकारीले बैंकको ब्याजदर बढ्ने बताउनु भएको हो ।
गभर्नर अधिकारीले गत बर्ष आर्थिक वृद्धिद ५.८ रहदा यस बर्षको ५.५ प्रतिशतलाई सन्तोषजनक नै मान्नुपर्ने बताउनुभयो ।
यस्तै उहाँले नेपालको आर्थिक बृद्धि सन्तोषजनक नै रहेको बताउनुभएको छ । गभर्नर अधिकारीले गत बर्ष आर्थिक वृद्धिद ५.८ रहदा यस बर्षको ५.५ प्रतिशतलाई सन्तोषजनक नै मान्नुपर्ने बताउनुभयो ।
उहाँले विश्वबजारमा देखिएको इन्धनको मूल्यबृद्धिको असर नेपालको अर्थतन्त्रमा देखिएको धारणा राख्नुभयो । अहिलेको अवस्थामा बाह्य क्षेत्र नै चुनौतीपूर्ण कुरा भएको उहाँले बताउनुभयो ।
उहाँले करिव दुई अर्बको निर्यातले २१ अर्बको आयातलाई धान्न नसक्ने भन्दै इम्पोर्ट धान्ने रेमिट्यान्सबाट भएको तर अहिले रेमिट्यान्स सस्टेनेबल नरहेको तर्क गर्नुभयो ।
गभर्नर अधिकारीले रेमिट्यान्सलाई औपचारिक बनाउन खोज्दा पनि सम्भव नहुने देखिएको बताउनुभयो ।
दुई अर्बको निर्यातले २१ अर्बको आयातलाई धान्न नसक्ने भन्दै इम्पोर्ट धान्ने रेमिट्यान्सबाट भएको तर अहिले रेमिट्यान्स सस्टेनेबल नरहेको तर्क गर्नुभयो ।
उहाँले केहि आयात गरेका सामाग्रीहरु नेपालमा नै प्रयोग नहुने अवस्था अहिलेपनि देखिएको भन्दै त्यसका बिषयमा अनुसन्धानको आवश्यकता रहेको धारणा राख्नुभयो ।
त्यस्तै उहाँले सामान नै नआइकन पनि भुक्तानी गरिएको होकी भन्ने आशंका पनि देखिएको उल्लेख गर्नुभयो ।